काठमाण्डौ, फाल्गुन २८
ग्यालेक्सी दैनिक
गीतकार रमेश दाहालको शव्दमा रेकर्ड गरिएको ‘छाउपडि’ बोलको गीत रिलिज भएको छ ।
संगीत तथा स्वर गायिका सोफिया थापाको रहेको गीतको भिडियो गायिकाले आफ्नै युट्युवच्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडि’ बोलको गीत भने कर्णाली महोत्सवमा फागुन २७गते सार्वजनिक भएको थियो । संगीत संयोजन विशालपौडेलको रहेकोछ ।
कानुनले उन्मुलन गरेको छाउपडी प्रथाखास गरी नेपालको सुदुर पश्चिममाअझै ब्यापक छ जसले महिलामाथिको दमन,शोषण र विभेदलाई अझै जिवित राखेको छ ।
युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वलाप्राकृतिकप्रकृया हो तर यसलाई धर्म र पापसङ्ग जोडेर मनोबैज्ञानिक त्रास फैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खाना बन्देज गरिएको हुन्छ ।
रजस्वला हुदा वा सुत्केरी हुदा घरभित्र पस्न नहुने अन्धबिस्वासले महिलाहरु घरभन्दा पर एउटा सानो असुरक्षितगोठवा छाप्रोमा बस्न बाध्यपारिन्छन् । यसबाट निम्तिएका धेरै घटना समेत सार्वजनिकभएका घटनाहरु हामी सुन्दै आएका छौ । त्यसैले छाउपडीप्रथाको जरो उखेलौ र नेपालको प्रचलित कानुन मानी हाम्रा दिदीबहिनीलाई मात्रै हैन समग्र समाजकै गतिलाई अवरोध खडा गरेको छाउपडि उन्मुलन गरौ भन्ने आग्रहगीतले गरेको छ ।
मुलुकी अपराधसंहिता ऐनको दफÞा १६८ (४) मा छाउपडी राख्नेलाई सजायको ब्यबस्था गरेको छ । छाउपडीसम्पूर्ण नेपाली समाजको समस्याहोभन्ने आग्रहगीतका गरिएको छ तर ठाउँ अनुसार यसका स्वरुप फरक भएकाले सुविधा सम्पन्नशहरी क्षेत्रमा समेत छाउपडि कुनै न कुनै अर्को रुपमा रहेको हुन सक्छन् ।छाउपडीले सिधै छाउगोठ बुझाउछजहाँ रजस्वलाभएकिमहिलालाई बस्न बाध्यपारिन्छ । गीतले उठाएका विषयपनिप्रचलित कुसंस्कारलाई हटाउन नै रहेको छ ।
