Friday, November 20

नाजिर र दिप्सिना अभिनित गीतकार तारा अधिकारीको ‘ताँती’ सार्वजनिक

काठमाण्डौ, ज्येष्ठ २५ 
गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ सार्वजनिक भएको छ ।

सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमार्फत राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर, राजनकै सङ्गीत र बिजेश्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको गीतमा राजेश्वर राज तण्डुकारको मिक्सिङ छ ।

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

सामान्य ग्रामिण परिवेशको बस्तीमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । यस अघि सुनौलो तारा मोसन पिक्चर्समा नै अपलोड गरिएको नाजिर हुसेनको अभिनय रहेको गीत ‘गुलेलीमा’ र ‘लुकी लुकी’ले दर्शकको निकै राम्रो साथ पाएका थिए । यो गीतले पनि त्यस्तै साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *