Friday, November 20

गौरक्ष माविका बिद्यार्थीहरुलाई ट्रयाकसुट

हेटौंडा, ज्येष्ठ २६
ग्यालेक्सी दैनिक संवाददाता
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माविलाई प्रा.डा. गोपालरमण शर्माले स्कुलमा अध्यायनरत सबै बिद्यार्थीलाई ट्रयाक सुट उपलब्ध गराएका छन् ।

विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँका अनुसार वरिष्ठ न्यूरो सर्जन शर्माले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।

बानियाँले आफूहरुको आग्रहमा उनले ती सामाग्री उपलब्ध गराएको बताए । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र विद्यालयको समग्र विकासको लागि आगामी दिनमा पनि आफूले सहयोग गर्ने प्रा. डा. शर्माले बताए ।

शर्माको योगदानको प्रशंसा गर्दै विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनलाई सम्मान गरेका थिए । शर्माले सहयोग गरेको फोटो विद्यालयको कार्यालयमा राख्ने ब्यवस्थापना समितिका अध्यक्ष बानियाँले बताए ।

बानियाँले आफू अध्यक्ष भएर आएपछि विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको जनाएका छन् ।

मकवानपुर काँग्रेसका युवा नेता तथा समाजसेवि बानियाँले भने ‘शिक्षा क्षेत्रमा आफ्नो पक्षबाट केही सुधार गर्नुपर्छ भनेर म अध्यक्ष भएको हुँ, लक्ष्यअनुसार अघि बढिरहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *