काठमाण्डौँ, साउन २
ग्यालेक्सी दैनिक
आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् ।
उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ । उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् ।
भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु, सरिता भण्डारी, शंकर पोखरेल, सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ ।
पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् ।
उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् ।
त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् ।
नैना रेशम, नबोलेनी हाँसि राखन, सिसा, नाईट क्विन, पसिना लगायत फिल्ममा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ।
