काठमाडौं, साउन १५
ग्यालेक्सी दैनिक
नेपाली बालकलाकार प्रसुन जंग पोखरेलले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत प्रसुन जंगसंगै जेसीका ठकुरी र लसता महर्जनले बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
परिवर्तन इभेन्ट हाउसले १० वर्ष अघिदेखि राजधानीमा नृत्य, गायन तथा अभिनय सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए स्टार (डान्स, सिंगिङ एन्ड एक्टिङ स्टार) सञ्चालन गर्दै आएको छ । जस मध्यबाट डि एस् ए स्टार २०१९ र ट्यालेन्ट स्टार २०२० को विजेताले सो प्रतियोगीतामा भाग लिन लागेका हुन् । प्रसुन र लसता डिएसए स्टर २०१९ का बिजेता हुन भने जेसीका ट्यालेन्ट स्टार २०२० को बिजेता हुन ।
उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प्रसुन जङ पोखरेल र जेसीका ठकुरीले प्री टीन (११-१४)बर्ष समुह र लसता महर्जनले टीन १५ -१९) समुह बिच प्रतिस्पर्ध्रा गर्नेछन ।
विश्वभर भएको कोभिड १९ का कारण स्थगित भएको उक्त प्रतियोगीमा नेशनल डिरेक्टर सोनीया जिआरको साथ ३ जना सहभागी बालबालिकाहरु बैंककका लागि आज थाइल्यान्ड प्रस्थान गरेका छन ।
२०२२ वर्षकै अगस्ट १ देखि सुरु हुने उक्त प्रतियोगीताको फाइनल अगस्ट ६ मा हुने परिवर्तन ईभेन्ट हाउस प्रा.लि.का डिरेक्टर राज बाराइलीले जानकारी गराए ।
