काठमाडौ, साउन २२
ग्यालेक्सी दैनिक
बहुप्रतिभाशाली बाल कलाकार आरोही कार्की चलचित्र बालापनमा अनुबन्धित भएकी छिन ।
आरोहीले थुप्रै चर्चित टेलिचलचित्र गोठालो, सौतेनि आमा लगयातमा मुख्य भुमिकामा अभिनय गर्दै उनले आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन ।
उनको यो पहिलो डेब्यु चलचित्र हो ।
आरोही नेपाली साङ्गितिक जगतमा राम्रो नाम कमाउन सफल गायक, एरेन्जर, सङ्गीतकार बिनय कार्कीकी छोरी हुनु ।
चलचित्रका कलाकार अनुबन्धित गर्ने कार्यक्रमसंगै सम्पूर्ण टिमको उपस्थितिमा चलचित्रको शुभमुर्हत पनि गरियो ।
चलचित्रमा सुनिल थापा, धिरेन शाक्य, सबिन श्रेष्ठ, राजकुमार थापा, रेशम फिरिरी, सोनिया बि.सि., सुश्मा तामाङ्गको साथमा बाल कलाकार आरोही कार्की लगायतको मुख्य भिमिका रहेको छ ।
जिम्बा फिल्मको ब्यानरमा बन्ने उक्त चलचित्रमा कथा, निर्देशन शिव आर. जि.को रहेको छ भने छायांकन रामकृष्ण कडेँल, निर्माता हट मलन राई, सङ्गीत बिनय कार्कीको रहनेछ ।
यसै सातादेखि शुट्टिङ्ग फ्लोरमा जाने चलचित्रको कथा भने आनाथ बालबालिकाको सत्य कथामा आधारित रहेर बनाइयको छ ।
चलचित्र राम्रो बनोस सुभकामना
