काठमाडौ, साउन २२
ग्यालेक्सी दैनिक
गायक तथा मोडेल दिपक बिडारी राजदिपको स्वरमा सजिएको आधुनिक गित ‘चट्ट कपाल कोरेर’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गायक राजदिपलाई उक्त गितमा निकिता थापाले गायनमा साथ दिएकी छिन ।
बृजेश श्रेष्ठको एरेन्ज र आशिष् प्रजापतिको शब्द रहेको गीतको भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
उक्त गितको भिडियोलाइ कपिल कार्कीको निर्देसन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ ।
करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिपसंगै आलिसा बास्तोलाले मोडलिङ गरेको यस् भिडियोलाइ बालकुमार मगरले खिचेका हुन ।
भक्तपुर जिल्लाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो उत्कृष्ट बनेको निर्देशक कपिल कार्किले बताए ।
साइराम पिक्चर्स युटुब च्यानलबाट सार्वजनिक भएको यो गितलाइ कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट बिमोचन गरिएको थियो भने पत्रकार तथा कार्यक्रम प्रस्तोता समीर लामाले उक्त बिमोचन कार्यक्रम संचालन गरेका थिए ।
