Friday, November 20

“लिटिल आइडल नेपाल २०२२”को चौथो संस्करणको ट्यालेण्ट राउण्ड सम्पन्न

काठमाडौं, साउन २८
सारासंसार मिडिया
ट्रेबल फेसन कन्सर्नको आयोजनमा भईरहेको लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ट्यालेण्ट राउण्ड आज सम्पन्न भएको छ ।

ट्रेबल फेसन कन्सर्न प्रा.लि.का सिईओ समेत रहेका शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्णायक मण्डलमा अभिनेता शितल के सि, रामेश्वर बुर्लाकोटी, फोटोग्राफर सन्देश प्रजापति र मोडेल निया तामाङ रहेका थिए ।

यही भाद्र ३ गते पिस ब्याङक्वेट जोरपाटीमा उक्त कार्यक्रमको ग्राण्ड फिनाले हुने तथा सो अवसरमा देशका प्रतिष्ठित गायक, कलाकार तथा पत्रकारलाई आफ्नो क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिने कुरा कार्यक्रम संयोजक सुमन कुमार श्रेष्ठले बताए ।

बिगत दुई दशकदेखी विभिन्न ब्युटी पेजेन्ट, फेशन शो लगायतका कार्यक्रम गरिरहेको ट्रेबल फेशन कन्सर्नले यस कार्यक्रममा बाल प्रतिभाको प्रतिभासंगै बौद्धिक बिकास, व्यक्तित्व बिकास लगायतका विभिन्न कुरामा ट्रेनिङ सञ्चालन गरिरहेको र भविष्यमा अझै फरक फरक ढंगले कार्यक्रमको स्तोरत्तर बढाउँदै लाने कुरा आयोजक संस्थापक सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए ।

साथै यसै कार्यक्रममा आफ्नो अतुलनीय सहयोग प्रदान गर्नु हुने सम्पूर्ण व्यक्तित्व, अभिभावक, मिडिया लगायतलाई हृदयदेखि नै धन्यवाद दिँदै, आउने ग्राण्ड फिनालेमा पनि यस्तै सहयोगको आपेक्षा गरेको कुरा पनि उनले बताए ।

ट्यालेण्ट कार्यक्रमको सञ्चालन पूजा जोशीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *