काठमाण्डौ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्तले स्वर दिएको “आमा तिमी छोडेर गैगयौ” बोलको मनछुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक निकेश खड्काले निर्देशन गर्नु भएको छ ।
एक दिन सबैले आफ्नो आमासंग बिछोड हुनुपर्दाको कारुणिक दृश्य गीतमा हेर्न पाईन्छ । यो पिडा नभोग्ने सायदै कोही होला, आमा प्रतिको सम्मानलाई गीतले बोलेको छ । लोकप्रिय कलाकार स्मारिका ढकालको दमदार अभिनय रहेको सो गीतको मिक्सीङ्/ मास्टरिङ् किशोर थापा,छायांकन उत्तम हुमागाई, सम्पादन बिकास धमलाको रहेकोछ । DP Dahal Yutube Channel बाट सार्वजनिक भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसंग अनुरोध गरेका छन् ।
