Friday, November 20

रविको हिन्दी गीत ‘दिलके पास तुम हो’मा अरुणा सुवेदी (भिडियो)

काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको हिन्दी गीत ‘दिलके पास तुम हो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा मोडल समेत रहेका सुवेदीको आफ्नै युट्युब च्यानल रवि सुवेदीबाट सार्वजनिक गरिएको उक्त हिन्दी गीतको भिडियोमा मोडल अरुणा सुवेदीले अभिनयमा साथ दिएकी छिन ।

विकास चौधरीको शव्द तथा संगीत रहेको गीतलाई सन्जय हमालले एरेन्ज र दिपेश सिंहले मिक्सिङ्ग तथा रेकर्डिङ्ग गरेका छन । किर्तिपुर तथा काठमाडौंका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शैलेस श्रेष्ठ लुभुले छायांकन तथा सम्पादन गरेका छन ।

राज महर्जन तथा रुपेन्द्र श्रेष्ठको संयुक्त कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको प्रडक्सन म्यानेजरमा राजन महर्जन र मेकअपमा कुशुम कर्माचार्य रहेकी थिइन । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायक सुवेदीका यस अघि पनि हिन्दी भर्सनका केहि म्यासप गीतको भिडियो सार्वजनिक भैसकेको छ । लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशिल गायक सुवेदीका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन ।

त्यसैगरि, मोडलिङ्ग क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आएकी अरुणा सुवेदीको यो पहिलो हिन्दी गीतको भिडियो हो ।

विभिन्न विज्ञापन,फेशन शो लगायत म्यूजिक भिडियोहरुमा कुशल अभिनय क्षमता प्रस्तुत गरिसकेकी मोडल सुवेदी हाल व्यवसाय तथा समाजसेवीको रुपमा अलग्गै पहिचान बनाईरहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *