काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसीलाई राजधानीमा भएको एक भव्य समारोहका वीच ‘सर्वोत्कृष्ट सौन्दर्यविद’को सम्मान प्रदान गरिएको छ । राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘नवौ नेशनल क्यापिटल अवार्ड’मा जिसीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगर,विशिष्ठ अतिथी बागमती प्रदेशका पूर्व मुख्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे तथा बागमती प्रदेश सदस्य एवं पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठको हातबाट जिसीलाई सम्मान प्रदान गरिएको थियो ।
नेपाल पर्यटन बोर्डमा आयोजित ‘नवौं नेशनल क्यापिटल अवार्ड’मा व्यबसायिक क्षेत्रमा फरक विधामा देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरे वापत सौन्दर्यविद जिसीलाई सो सम्मान प्रदान गरिएको आयोजक संस्था एवं मूल आयोजक समिति मिडिया ईन्टरनेशनलले जनाएको छ ।
विगत डेढ दशकभन्दा लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा सक्रिय जिसीले हजारौलाई दक्ष बनाई स्वदेश तथा विदेशमा रोजगारी प्रदान गराउन अहम भूमिका रहेको छ । देश विदेशमा विभिन्न संघ संस्थाबाट सम्मानित भईसकेकी जिसी हाल सनसिटी व्यूटि पार्लर तथा तालिम केन्द्र संचालन गर्दै आईरहेकी छिन ।
यस अघि दुवई, ईजिप्ट तथा अजरबैजानमा समेत सम्मानित भईसकेकी जिसी समाजसेवमा समेत सक्रिय रहदै आए्रकी छिन ।
