Saturday, November 21

Blog

गीतकार निर कमल खड्का (ममल) को ‘मुनामदन’ सार्वजनिक:  प्रेम, वियोग र पुनर्मिलनको कथा
मनोरन्जन, समाचार

गीतकार निर कमल खड्का (ममल) को ‘मुनामदन’ सार्वजनिक: प्रेम, वियोग र पुनर्मिलनको कथा

नेपाली गीतसंगीत प्रेमीका लागि एक भावनात्मक उपहारका रूपमा ‘मुनामदन (भेट हुने कहिले)’ सार्वजनिक भएको छ। Blue Lotus Entertainment को प्रस्तुति रहेको यस गीतमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायकहरू कर्ण दास, पुष्पन प्रधान, धर्मेन्द्र सेवान र गायिका माण्डवी त्रिपाठीको सशक्त स्वर समावेश छ। प्रेम, वियोग र पुनर्मिलनको अनुभूति बोकेको यस गीतको संगीत र एरेन्ज स्वयम् कर्ण दासले गरेका छन् भने सङ्गीत संयोजनमा अनुभवी सङ्गीतकार सचिन सिंहले साथ दिएका छन्। गीतका शब्दहरू निर कमल खड्का (ममल) द्वारा लेखिएका हुन्, जसले आत्मीयता र संवेदनशीलताको प्रभावशाली अभिव्यक्ति दिएका छन्। प्रकाश मिश्रले गीतको रेकर्डिङ र मिक्सिङ सम्हालेका छन् भने रेकर्डिङ कार्य Acoustic Nepal KTM स्टुडियोमा सम्पन्न भएको हो। अडियो पक्षलाई बलियो बनाउँदै गीतले श्रोतालाई भावना र स्मृतिको गहिरो संसारमा लैजान सफल भएको देखिन्छ। गीतसँगै स...
अलोन रेशमको“यस्तो पो होस् माया”(भिडियो)
मनोरन्जन, समाचार

अलोन रेशमको“यस्तो पो होस् माया”(भिडियो)

आर्यन सिग्देल र सदिक्षा पाण्डेको रोमानी प्रस्तुति छोटो समयमै नेपाली संगीत क्षेत्रको लोकप्रिय नाम बन्न सफल निर्देशक अलोन रेशमको निर्देशनमा बनेको नयाँ रोमान्टिक म्युजिक भिडियो “यस्तो पो होस् माया” हालै सार्वजनिक भएको छ। यस म्युजिक भिडियोलाई संगीतप्रेमी दर्शकहरूले निकै रुचाइरहेका छन्। भिडियोमा चर्चित नायक आर्यन सिग्देल र उदाउँदी मोडल सदिक्षा पाण्डेलाई प्रेमी युगलका रूपमा प्रस्तुत गरिएको छ। दुवै कलाकारको केमिस्ट्री र अभिनयले भिडियोलाई थप प्रभावशाली बनाएको छ। निर्देशक रेशमले यस भिडियोमार्फत दुवैलाई नयाँ ढंगले पर्दामा उतार्ने प्रयास गरेका छन्। भिडियोलाई नेपालका सुन्दर र पर्यटकीय क्षेत्र मुस्ताङ छायाङ्कन गरिएको छ, जसले गीतको भावनालाई थप गहिरो बनाएको छ। दृश्य संयोजन र वातावरणीय सौन्दर्यले भिडियोमा एक Cinematic Touch दिएको देखिन्छ। गीतको शब्द र संगीत स्वयं निर्देशक अलोन रेशमकै रहेको छ, जस...
‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते

काठमाडौं –दक्ष इन्टरनेशनलको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा दशौं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यही साउन १० गते शनिवारका  दिन नेपाल पुलीस क्लब, काठमाडौंको भव्य सभाहलमा प्रतियोगिताको फिनाले आयोजना गरिनेछ। कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिने छ। सौन्दर्य, आत्मविश्वास र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै विवाहित महिलाहरूको व्यक्तित्व र प्रतिभा उजागर गर्न आयोजित यस कार्यक्रमले विगतका संस्करणहरूमार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले जनाए । दशौं संस्करणमा प्रतिस्पर्धा गर्न लागेका मिस तर्फ सहभागीहरू यसप्रकार छन्: काव्या ढकाल सपना कुमारी सहनी अनुग्रह घिमिरे सोनिया रन्जित श्रेया वाग्ले विपना भट्टर...
भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्। प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ: ब्वाइज समूह – विजेता: अनुभव सापकोटा – (Most Popular): संस्कृत चालिसे जुनियर गर्ल्स समूह – विजेता: स्मारिका गोले – (Most Popular): बि...
भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
अर्थ/व्यापार, समाचार

भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – एनआरएनए (गैरआवासीय नेपाली संघ) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ। ढकालले एनआरएनए अष्ट्रेलियालाई एक सक्षम, पारदर्शी र सहभागी संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो। उहाँले विश्वास र एकताको पुनर्स्थापना, व्यावसायिकता, सुशासन, तथा मूल्यमान्यता आधारित संस्थागत संरचना विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको चुनावी दृष्टिकोणमा युवा, महिला तथा कम प्रतिनिधित्व प्राप्त समुदायहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने नीति प्रमुख स्थानमा रहेको छ। साथै, एनआरएनए अष्ट्रेलियाको संस्थागत उपस्थिति र प्रभावलाई विश्वव्यापी बनाउने उद्देश्य राख्दै, नेपाल सरकारसँग व्यावहारिक तथा मापनयोग्य डायस्पोरा-मैत्री नीतिहरूको वकालत गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। भैरव ढ...
नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक

नेपाली गीत संगीतलाई माया गर्ने स्रष्टा बहुआयामिक गायक नारायण गजमेरले आफ्नो नयाँ गीत “चोर्यो मायाले” सार्वजनिक गर्दैछन्। दुर्गा खाती गज्मेरको प्रस्तुतिमा रहेको सोही गीतमा पछिल्लो समयमा निकै नै गीत संगीतमा ख्याति प्राप्त र दर्शक दीर्घाले मन पराएको गायिका शान्तिश्री परियारसँग उनले डुएट गीत गाएका छन्। गायिका शान्ति श्री परियार भन्छिन् – ” मैले धेरै सङ्ख्यामा गीतहरू गायता पनि मैले आज फेरि एउटा उत्कृष्ट रचना र सङ्गीतमा गाउन मौका पाएकी छुl यस गीतका स्रष्टा आदरणीय दीपकराज विश्वकर्मा दाइप्रति निकै नै आभार व्यक्त गर्न चाहन्छु। साथै आदरणीय सर गायक नारायण गजमेरसँग मेरो यो पहिलो सहकार्य भएको हो। जसरी मेरा श्रोताले मेरा डुएट गीतहरु मन पराउनु भएको छ त्यसैगरी नारायण सर सँगको मेरो सहकार्यलाई पनि मन पराइदिनुहुनेछ भन्ने म पूर्ण विश्वस्त छुl “चोर्यो मायाले “भर्खर मात्र छायांकन सम्पन्न भएको छ। सोही गीतलाई द...
ईटहरीमा खुल्यो ‘फेसियल हाउस’
अर्थ/व्यापार, समाचार

ईटहरीमा खुल्यो ‘फेसियल हाउस’

नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्, “फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“ ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ई...
रवि बज्राचार्यको स्वरमा “निश्चल तिम्रो आँखा”, राज फैजु र अस्मिता लामिछाने अभिनय
भिडीयाे, मनोरन्जन, समाचार

रवि बज्राचार्यको स्वरमा “निश्चल तिम्रो आँखा”, राज फैजु र अस्मिता लामिछाने अभिनय

काठमाडौं, नेपाल — नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत “निश्चल तिम्रो आँखा” हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ। संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान विक्रम शाहले गीतलाई आधुनिकता र गहिरो भावनात्मकता प्रदान गरेका छन्। गीतको भिडियो निर्देशनमा शिरीष रत्न तुलाधरले अत्यन्तै मनमोहक दृश्य संरचना तयार पारेका छन्। क्यामेरामा अमृत ट्याटको कुशल दृष्टिकोणले प्रेम भावनालाई जीवन्त बनाएको छ। राज फैजु र अस्मिता लामिछानेको प्रमुख अभिनयले कथालाई प्रेमिल र संवेदनशील बनाउँछ, भने आरभ गौतम र एलभिरा महर्जन बालकलाकारको रूपमा देखिएर भिडियोमा झनै मिठास थपेका छन्।यस गितको ...
गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)

गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ। गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ ।खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो। ‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मग...
हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण
अन्तर्राष्ट्रिय, समाचार

हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण

नयाँ दिल्ली — गुरु पूर्णिमाको पावन अवसरमा देशभरका ३५ भन्दा बढी PVR–Inox सिनेमा हलहरूमा एक अनौठो र ऐतिहासिक कार्यक्रमको आयोजना गरियो, जहाँ प्रख्यात दार्शनिक तथा लेखक आचार्य प्रशान्त ले हजारौं साधकहरूलाई गुरु पूर्णिमाको वास्तविक मर्मबारे मार्गदर्शन गरे। यो केवल धार्मिक वा परम्परागत अनुष्ठान नभई, आत्मबोध र सत्यको खोजमा रहेका व्यक्तिहरूका लागि गहिरो बौद्धिक तथा आध्यात्मिक संवादको अवसर बन्यो। यो विशेष सत्र दिल्ली NCR, मुम्बई, पुणे, बेंगलुरु, कोलकाता, जयपुर, भोपाल लगायत ३५ भन्दा बढी शहरहरूमा एकै साथ प्रत्यक्ष प्रशारणमार्फत प्रस्तुत गरियो। प्रत्येक शहरमा ठूलो संख्यामा साधक, युवा तथा जिज्ञासुहरू सहभागी भए। गुरु भनेको व्यक्ति होइन, प्रकाशतर्फ लैजाने प्रक्रिया हो आचार्य प्रशान्तले आफ्नो सम्बोधनमा स्पष्ट रूपमा भने कि गुरु केवल शरीरधारी व्यक्ति होइन, त्यो चेतना हो जसले हामीलाई अन्धकार (गु) बाट प्रक...