Saturday, November 21

Blog

सुनको मूल्य ७ सय रुपैयाँ घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

साताको दोस्रो दिन सोमबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ। सुनको मूल्य सोमबार ७ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम छ। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
विविध, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।  ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको खनालकाे सचिवालयले जनाएकाे छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको नर्भिक अस्पतालमा नै उपचार भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट फर्केका उनी घरमै आराम गरिरहेका थिए।...
एसइईको नतिजा साउन दोस्रो साता
शिक्षा, समाचार

एसइईको नतिजा साउन दोस्रो साता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए। विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ। असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ। कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ ...
फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन
राजनीति, समाचार

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन

आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता भएको छ । बैद्यले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने जनाएका हुन् । उनले भने, मविरुद्ध मुद्दा दर्ता भैसकेको छ । म यो मुद्दा किनारा नलागेसम्म बोल्दिन् । एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो ९शनिबार० को ब...
निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार
राजनीति, समाचार

निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो । एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको ज...
काठमाडौंका यी अस्पतालमा आज र भोलि भेरोसेल खोप लगाइँने
समाचार

काठमाडौंका यी अस्पतालमा आज र भोलि भेरोसेल खोप लगाइँने

काठमाडौं महानगरपालिकाले आजदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । सूचना जारी गर्दै काठमाडौं महानगरले भेरोसेल खोप लगाइने बारे जानकारी दिएको छ ।  महानगरले भेरोसेल खोप आज र भोलि ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको हो । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो तर खोप अभाव भएपछि स्थगित गरिएको थियो ।  महानगरका अनुसार खोप विहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पतालमा लगाइनेछ । ...
बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा
राजनीति, समाचार

बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा

-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा...
पाकिस्तानमा भारी वर्षासँगै हुरी, १० को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानमा भारी वर्षासँगै हुरी, १० को मृत्यु

पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए । यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ । पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाक...
संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट
राजनीति, समाचार

संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट

संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट दायर गरेका हुन् । रिटमा अध्यादेशमार्फत संवैधानिक परिषदले नियुक्ति सिफारिश गर्नु संविधान विपरित हुने जिकिर गरिएको छ । २६ वैशाखमा संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग, समावेशी आयोगका अध्यक्षसहित विभिन्न निकायमा नियुक्तिको सिफारिश गरेको थियो । उनीहरुको नियुक्तिका लागि मार्ग खोल्न संसदीय सुनुवाई समितिमा नाम दर्ता गरिएकोमा प्रतिनिधि सभा विघटनले स्वतः नियुक्ति हुने अवस्था बनेको छ । सुनुवाई समितिमा दर्ता भएको मितिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुने प्रावधान छ ।...
निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो
विविध, समाचार

निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो

काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । के के खुल्नेछन् ? यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो । त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ । होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका ...