कमेडियन आदर्श मिश्राले पिता गुमाउनुमा प्रणाली दोषी कि अस्पताल ?
नेपालका स्ट्यान्डप कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको मंगलबार निधन भएको छ। र, आदर्शले पिताको मुत्यु हुनुमा नेशनल मेडिकल कजेज (एनएमसी) का संचालक बसुरुद्धिन अन्सारीको गुण्डागर्दीका कारण भएको भन्दै उनले नारायणी अस्पताललाई समेत दोषी ठहेका छन्।
विगत ४ वर्षदेखि मिर्गौलाको समस्यासँग जुध्दै आएका विनोदको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनेर आदर्श स्वयंले भनेका छन्। अहिले यही कुराले सामाजिक सञ्जालमा मेडिकल सञ्चालक र सरकारले नागरिकको स्वस्थ्यमा खेलवाड गरेको भन्दै सरकारको सर्वत्र विरोध भएको छ।
मिश्राले आफ्नो व्यक्तिगत युटुब च्यानलमा भिडियो सार्वजानिक गर्दै भनेका छन्, ‘विगत ४ वर्षदेखि वीरगंजको नारायणी अस्पतालमा बुबाको डायलासिस गराउँदै आएका थिएँ।’ तर अस्पतालले पटक पटक बुवाको स्वस्थ्यमा लापरवाही गरेको र हप्ताको २ पटक ४–४ घण्टा डायलासिस गराउँदा धेरै सास्ती भोगेको उनले बताएका छन्। मिश्र...










