Saturday, November 21

Blog

सङ्क्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी
समाचार, स्वास्थ्य

सङ्क्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी

 शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् । “पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु”, उहाँले भन्नुभयो, “धेरै फोन होम क्यारेन्टिन र आइसोलेशनमा बसेका सङ्क्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।” उहाँलाई नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली सङ्क्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उहाँले सिकाउनुहुन्छ । बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उप...
बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता
अपराध, समाचार

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

 बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पहि...
प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गरेकी छन् । यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।...
रेस्क्यू क्रियशनको आयोजनामा ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना हुँदै
मनोरन्जन, समाचार

रेस्क्यू क्रियशनको आयोजनामा ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना हुँदै

रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । भिडियो निर्देशनमा ख्याती कमाएका संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।‘सबै विधा विदेशमा बस्ने...
सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अस्वभाविक: नेता साह
राजनीति, समाचार

सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अस्वभाविक: नेता साह

शहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकार तथा प्रभावशाली युवा नेता चन्द्र भुषण साहले, सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश संबिधानको मुलमर्म एवं भावना विपरीत रहेको जिकिर गरेका छन् । सात जना गैर सांसद मन्त्रीहरुको हकमा लागू हुनेगरी “मन्त्रीको हैसियतमा कुनैपनि काम नगर्नु, न गराउनु” भन्नी सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश अप्रत्याशित एवं अस्वभाविक रहेको युवा नेता साहको ठहर छ । जनताबाट प्रत्यक्ष निर्वाचित कुनैपनि सांसदको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनैपनि कारणवश पद रिक्तभएमा ६ महिनाभित्र नै चुनाव गराउनु पर्ने संवैधानिक व्यवस्थालाई समेत यस निर्णयले नजरअन्दाज गरको नेता साहको जिकिर छ । उनले भने, नेपालको संविधानको धारा ७८ (१) मा “धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री पद...
हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने
अर्थ/व्यापार, समाचार

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वजनिक संस्थाले कानुनअनुसार निवेदन दिनुपर्ने हुन्छ । सरकारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्मले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ । उद्योग, कृृ...
भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं
अर्थ/व्यापार, समाचार

भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं

-डा.डिआर उपाध्याय,अहिले सिंहदरबारको अधिकार गाउँमा गाउँमा छ । स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले भनेको जनतामा परिरहेको पीर मर्कालाई बुझनु पर्ने बेला हो । यति बेला जनता आपतमा छन । जनता आपत बिपतमा पर्दा जनताका प्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हुन्छ । यो बेलामा जनताले दैनिकी कसरी चलाइरहेका छन् ? जनताको अवस्था कस्तो छ ? जनताको घरमा चुल्लो बलेको छ की छैन ? निषेधाज्ञाका कारण काम गर्न नपाएर जनता भोक भोकै छन की के छन ? यी सवै कुराको ध्यान दिनुपर्ने बेला आएको छ । निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस् । निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो साता देखि सुरु भएको निषेधाज्ञाले आम नागरिक समस्यामा छन । नागरिकले जोहो गरेको खाद्यान्न पनि सकिँदै छ । भोकमरीबाट जनतालाई जोगाउँन सवै सचेत बन्नुपर्छ। अघिल्लो चरणको महामारीबाट पाठ सिकेर पूर्व तयारी गर्न अव ढिलाई गर्नु...
गायिका आशा लामा तथा गायक पदम दुलालको ‘सम्झनालाई झुम्के रुमाल’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका आशा लामा तथा गायक पदम दुलालको ‘सम्झनालाई झुम्के रुमाल’ सार्वजनिक (भिडियो)

गायिका आशा लामा ज्ञानमाला तथा गायक पदम दुलालको युगल स्वरमा सम्झनालाई झुम्के रुमाल बोलको दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । पदम दुलाल, भिमसेन खतिवडा र रुद्र केसीको शव्द रचना रहेको गीतको संगित गायक तथा संगीतकार नवराज घोरासैनी र एरेन्ज नारायण दंगालले गरेका हुन । https://youtu.be/JIEZtzRjtW0 चर्चित गायक घोरासैनीको युट्यूब च्यानल नवराज घोरासैनी बाट सार्वजनिक भिडियोको निर्देशन राज केसीले गरेका हुन भने छायांकन राम कुमार केसी र सम्पादन टेकेन्द्र शाहको रहेको छ । मेलम्चीको मनोरम दृश्य समेटिएको भिडियोमा मोडल निर्मल क्षेत्री र सपना खड्का फिचर्ड रहेका छन ।...
अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् । प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद...
योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् । निकै छोटो अवधिमा नै ‘त्यो पर्दैन’ गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ । https://youtu.be/xMfMSYEJIAI वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् । वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।...