पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले विमोचन गर्नुभएको थियो ।
स्रष्टा माधव केसीको गीति स्रंगह पातै फररका बारेमा अथितिहरूले शुभकामना मन्तव्य राख्दै उहाँका गीत धेरै राम्रा भएको प्रतिक्रिया दिनुभएको थियो ।
गीतकार माधव केसीले सङ्कलन गरेका गीत ‘पातै फरर’ गीति सङ्ग्रह उहाँले विसं. २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् ।
कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तुले गीत तथा साहित्यको...








