Saturday, November 21

Blog

इन्डोनेसियामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय, समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्‍निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ। भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी दिएको छ।...
‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक (भिडियो)

किशन अर्यालको निर्देशन रहेको गीत ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । झुमा निरौलाको स्वर, घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज र मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/e77zR81puMc किशनको नै सम्पादन रहेको गीतको भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ । सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायाँकन रहेको छ । आफूले अत्यधिक माया गरेको मान्छेले आफ्नो भरोसा तोडेको विषयलाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।...
बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
मनोरन्जन, समाचार

बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको हो । सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक विशोष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने छ । अवार्डमा उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई केहीसमय अगाडि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाहले बताउनुभयो ।...
कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो। सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । https://www.youtube.com/watch?v=9nglpkZ44BE सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परि...
मूल्यवृद्धि कसले रोक्ने ?
अर्थ/व्यापार, समाचार

मूल्यवृद्धि कसले रोक्ने ?

-डा.डिआर उपाध्याय, कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक , शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर , कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान ...
आजदेखि बिस्केट जात्रा सुरु हुँदै
समाचार, समाज

आजदेखि बिस्केट जात्रा सुरु हुँदै

भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ । आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ । गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताए ।तान्त्रिक...
गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिदै
अर्थ/व्यापार, समाचार

गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिदै

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझमा गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उनले भने, “ध्रुवे हात्तीले अवरोध पुर्‍याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।” बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उनले जानकारी दिए । हरेक पाँच÷पाँच वर्षमा ग...
कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द
अर्थ/व्यापार, समाचार

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ ।सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए । उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए । निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयक...
शुरु भयो आईपीएलको १४ औं संस्करण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

शुरु भयो आईपीएलको १४ औं संस्करण

फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ। कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग शुरु गरेका छन्।पहिलो ओभरको खेल सकिँदा मुम्बईले बिना क्षति ५ रन बनाएको छ।...
शनिवार र आइतवार पनि बैंक खुल्ने
अर्थ/व्यापार, समाचार

शनिवार र आइतवार पनि बैंक खुल्ने

 चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको  ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ । उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’  र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।...