Friday, November 20

Blog

लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

लोकप्रिय गायक हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

काठ्माण्डौ, लोकप्रिय गायक हेमन्त शर्माको स्वरले सुसज्जित ‘यस्तो बतास”को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई शशान कँडेलले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन । https://www.youtube.com/watch?fbclid=IwAR0TX8OYMhVkk6RCqivXz95ofYoRR7pmSOhNT6aGGVK-lcN_MajUYabhScs&v=ga6yFZszcmI&feature=youtu.be भिडियोमा सुरज खनालको छांयाकन रहेको छ भने सम्पादन बिकास दाहालको रहेको छ । गीतमा शुवास गौतको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा चांड सिंहको संगीत संयोजन रहेको छ । सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने दर्शकश्रोताले तथा सम्पूर्ण शुभचिन्तकले हेरेर माया गरिदिनु हुन निर्देशक शशान कँडेलले आग्रह पनि गरेका छन ।...
प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

सानै उमेर देखी स्टेज शो तथा फेशन शोहरुमा देखिने लोकप्रिय बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिकभएको छ । दिपक राज सुनार को निर्देशनमा बनेको यो भिडियो दश म्यूजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । https://youtu.be/IqkdSEnBHqw गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतको भिडियोमा ,प्रिन्स प्रसिद सिंह थापाको साथमा जिबेस सिंह गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ । भिम बिसीको कम्पोज रहेको गीतको ऐरेन्ज उदयराज पौडेलले गरेका छन । गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेका छन ।...
म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल
अन्तर्राष्ट्रिय, समाचार

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यान...
पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।...
प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी
राजनीति, समाचार

प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ। आम अड्ताल सफल पार्न भन्दै नेताहरु सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। आन्दोलनमा होमिएका नेतालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ। विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन्। आशिंक रुपमा मोटरसाइकल संचालन भएका छन्। आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन्।...
कुखुराको अवैध आयात जारी
अर्थ/व्यापार, समाचार

कुखुराको अवैध आयात जारी

विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ तर पछिल्लो समय सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ । नेपालमा अहिले कुखुराको उत्पादन घट्दो अवस्थामा रहेको र बजार भाउ बढ्दै गएको मौका छोपी लुकिछिपी कुखुरा र यसको मासु आयात बढेको व्यवसायीको गुनासो छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसी सीमा क्षेत्रबाट कुखुरा र यसको मासु आयात भइरहेको जनाउन्छन्। “भारतका विभिन्न स्थानमा कुखुरामा देखिएको बर्डफ्लूले उता मासु बिक्री कम भएपछि नेपालमा लुकिछिपी भित्रयाउने क्रम बढेको छ,” उनले भने, “यो अवस्था कायमै रहे नेपाली कुखुरा व्यवसाय धराशयी हुनेछ । ” उताको बर्डफ्लुको जोखिम यता आउने र यता पनि नेपाली कुखुरा उत्पादकमा यसको प्रभाव देखिने उनको भनाइ छ ।नेपालको बजारमा अहिले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपियाँको हाराहारी छ । मासु ...
अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ
राजनीति, समाचार

अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ

नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।...
आम हड्ताल के को लागी ?
राजनीति, समाचार

आम हड्ताल के को लागी ?

-डा.डिआर उपाध्याय नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको ...
वर्तमान संकट र यसको निकास
राजनीति, समाचार

वर्तमान संकट र यसको निकास

डा.डिआर उपाध्याय संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावका...
संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित
राजनीति, समाचार

संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाएको बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ। यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ। बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो। यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर...