Saturday, November 21

Blog

सिजल एण्ड सिस्टरद्वारा रोशी पालिकाका २५० घर परिवारलाई राहत वितरण
समाचार, समाज

सिजल एण्ड सिस्टरद्वारा रोशी पालिकाका २५० घर परिवारलाई राहत वितरण

काभ्रे ।  लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले काभ्रेको रोशि गाउँ पालिकाको बाढी, डुबान तथा पहिरोबाट प्रभावित २५० सय भन्दा बढि परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अमेरिकाको अध्यक्ष तथा समाजसेवी मेघ सेबेदीले पठाएको रकमद्वारा पिडितहरुलाइ ब्लान्केट तथा मानवीय क्षेतिको परिवारलाई १० हजार तथा पुर्ण रुपमा घरवार क्षती भएका परिवारलाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो । फाउण्डेसनका नेपाल च्याप्टरको अध्यक्ष तथा नायक सन्जित भन्डारीले कलाकारीता सङगै समाजसेवा गर्न पाउँदा आफु निकै खुशी भएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने भण्डारीले बताए । कार्यक्रम प्रस्तोता तथा पत्रकार समीर ...
‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)

वाङ्ग्याल लामा (योन्जन)को स्वरमा रहेको गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक भएको छ । कर्म लामा स्याङ्तानको शब्द रचना, विक्रम थापाको कम्पोज र बिशन मान्नधरको मिक्सिङ/माष्टरिङ एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सोम लामा र रेनुका लामालाई फिचरिङ गरिएको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा रशेम दलार्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।...
पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित
समाचार, समाज

पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित

काठमाडौँ । यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् । वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका ...
एएमएसले सर्वाधिक उचाईमा प्रेस मिट गर्दै घोषणा गर्यो ‘एभरेष्ट टुरिज्म अवार्ड’
मनोरन्जन, समाचार

एएमएसले सर्वाधिक उचाईमा प्रेस मिट गर्दै घोषणा गर्यो ‘एभरेष्ट टुरिज्म अवार्ड’

लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड ...
ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ÷माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उहाँले बताउनुभयो । गीतको भिडियो सा...
मानव सेवा फाउण्डेसनले गर्यो नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान
समाचार, समाज

मानव सेवा फाउण्डेसनले गर्यो नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान

काठमाडौँ । धार्मिक तथा सामाजिक सस्था मानव सेवा फाउण्डेसनले आज एक कार्यक्रमको आयोजना गरि नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई स्वागत,सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापान लगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । सन् २०२२ मा स्थापना भएको उक्त सस्थाले अहिले नियमित रुपमा देशमा सरसफाइका कार्यक्रम,ब्लड डोनेसनका कार्यक्रम मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै टर्किमा गएको भुकम्पको बेलामा पनि पदाधिकारीले सेवा गरिसकेका छन । त्यस्तै धार्मिक चेतना जागृर्त तथा सनातन हिन्दु धर्मको उजागरणको लागि आगामी सन् २०२५ मा जापानमा कोटिह...
मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को  बिमोचन
अन्तर्राष्ट्रिय, समाचार

मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बिमोचन

बेल्जियम – नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।  पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारीले प्...
टेक विसीको  ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)
मनोरन्जन, समाचार

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।...
शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)
मनोरन्जन

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।...