Saturday, November 21

Blog

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व...
नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता
मनोरन्जन, समाचार

नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

काठमाडौं । राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बल रुममा चैत्र २५ गते आइतबारको साँझले फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले सा...
भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार ‘अपराधी’
अन्तर्राष्ट्रिय, समाचार

भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार ‘अपराधी’

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) र नेसनल इलेक्शन वाचले लोकसभा चुनावको पहिलो चरणमा भाग लिएका १६२५ उम्मेदवारको विश्लेषण गर्दा पहिलो चरणमा भाग लिएका २५२ उम्मेदवारहरूविरुद्ध आपराधिक मुद्दा रहेको जानकारी प्राप्त भएको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स एन्ड नेसनल इलेक्शन वाचको प्रतिवेदन अनुसार १५ जना उम्मेदवार आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । प्रतिवेदन अनुसार एक हजार ६१८ उम्मेदवारमध्ये १६१ जनाले आफूविरुद्ध गम्भीर आपराधिक मुद्दा र सात जनाले हत्यामा संलग्न रहेको बताएका छन् । प्रतिवेदनमा १९ जना उम्मेदवारले आफूविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाहरू घोषणा गरेको उल्लेख छ । कूल १६१८ उम्मेदवारमध्ये १८ जना उम्मेदवार महिलाविरुद्धको अपराधमा संलग्न छन् भने एकजनामाथि बलात्कारको आरोप छ । यसबाहेक ३५ जना उम्मेदवारले आफैंविरुद्ध घृणापूर्ण अभिव्यक्तिका मुद्दा दर्ता गरेका छन् । एडीआरल...
अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी
मनोरन्जन, समाचार

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ। प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त…’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। ‘अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु। मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु’, अधिकारीले भने, ‘एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु।’ गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन्। विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ। उक्त मतक...
सातौं निम अवार्ड भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

सातौं निम अवार्ड भव्य रुपमा सम्पन्न

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए । सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । संगीतमय...
विश्वकीर्तिमानी डा.डिआर उपाध्यायको पुग्यो १५३ वटा विश्व रेकर्ड
समाचार, समाज

विश्वकीर्तिमानी डा.डिआर उपाध्यायको पुग्यो १५३ वटा विश्व रेकर्ड

काठमाडौं । यसअघि गीत संगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्वकीर्तिमानी डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याउनु भएकोछ । उहाँका थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीचसार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्नेसंस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो । साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथदाहाल, गीतकार संघका पूर्व अध्यक्ष चूडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डकाफाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाल लगायतल...
सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै
मनोरन्जन, समाचार

सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै

काठमाडौं । गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘डांडा पारी जुन’ सार्बजनिक हुनु अघि नै चर्चामा रहेको छ । गायक गौतम तथा सबिता बस्नेतको युगल स्वरमा रहेको गीतको सार्वजनिक हुन लागेको भिडियोमा मोडल सम्पदा अमगाईको अभिनय रहेको छ । गीतको शब्द नेपालमा सर्वाधिक रुचाइएका गीत लेखिने छ एउटा् कथा,छटनलाइ पो रैछ क्यारे, फुर्के धागो, सारा सन्सार एकातर्फी, लगायत थुप्रै बहुचर्चित र मनछुने गीत लेखेकी प्रभा बर्तौलाको रहेको छ । उनका धेरै जसो शब्दमा स्वर उनै गजल गायक गौतमको रहेको छ । गीत सार्बजनिक हुनु अगावै चर्चामा तानिनुको विशेषता त अझ बेग्लै छ किनभने थानेश्वर गौतमको फरक शैलीलाई अत्यन्त प्रतीक्षाको रूपमा श्रोताहरुले लिने गरेको पाइन्छ र उक्त गीतमा निर्देशक विशाल घिमिरेको कथा र निर्देशनमा मोडल प्रभात पाल ठकुरि र मोडल सम्पदा अम्गाइको अभिनय रहेको छ, भने युबराज भट्टराई तथा बालकलाकार सरगम गौतम र अल्भिना पाण...
विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान
समाचार, समाज

विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन । उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल न...
चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले
अर्थ/व्यापार, समाचार

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा कलाकार हरि निरौ...
अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

गीतकार अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, एड्रीन प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नवीन श्रेष्ठको निर्देशन रहको गीतको भिडियोमा लबिन अन्सारी र प्रतिमा राजघतानीलाई फिचरिङ गरिएको छ । निरनजुल कायस्थको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन र टेकेन्द्र शाहको कलर छ । गीतको भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहि...