Saturday, November 21

Blog

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘हेरिटेज इन्टरनेशनल अवार्ड’
मनोरन्जन, समाचार

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘हेरिटेज इन्टरनेशनल अवार्ड’

फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा रोजिनले कोरियोग्राफर अफ द इयर अवार्ड पाएका छन् । अवार्ड समारोह २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककको प्रख्यात स्थलमा विभिन्न पृष्ठभूमिबाट आएका विश्व पेशेवरहरूको विशिष्ट भेलाको बीचमा आयोजना गरिएको थियो। कार्यक्रम इप्लानेट सिंगापुर पीटीईले आयोजना गरेको थियो। रोजिनलाई सो अवार्ड कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंककस्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिनिधिले प्रदान गरेका थिए । फेसन, सौन्दर्य प्रतियोगिता तथा संचार क्षेत्रमा २५ वर...
चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक

काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन मा...
राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’सार्वजनिक(भिडियो)

चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।...
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला
मनोरन्जन, समाचार

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो । उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ । नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भो...
‘एएनपी मिडियाको आयोजनामा नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुदै
मनोरन्जन, समाचार

‘एएनपी मिडियाको आयोजनामा नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुदै

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए। बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक,  शम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका...
आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम
समाचार, स्वास्थ्य

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो । काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ...
पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण
समाचार, स्वास्थ्य

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

काठमाडौँ ।  पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो । यसै सम्बन्धमा जिल्ला आयुर्वेद स...
मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग,मृत्यु भएका प्रति व्यक्तिले पाए १५ हजार
समाचार, समाज

मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग,मृत्यु भएका प्रति व्यक्तिले पाए १५ हजार

जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड ट्राभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए । त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी ...
गोपाल ढकाल ‘छन्दे’को निर्देशनमा ‘तिहारको लहर’ (भिडियो)
मनोरन्जन, समाचार

गोपाल ढकाल ‘छन्दे’को निर्देशनमा ‘तिहारको लहर’ (भिडियो)

काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ । यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् । लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ, कृष्मा महर्जन, दृष्टि श्रेष्ठ, शुभद्रा राई, प्...
रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न
अर्थ/व्यापार, समाचार

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ । कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्र...