Saturday, November 21

Blog

अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक भएको छ । सुमीत खड्का र अञ्जु गौतमको स्वर, राजु कार्कीको संगीत र सुरेश राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिसेक खडका र सेजिना श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान….’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘कुटुकुटु...
इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा १० लाख रुपैयासम्म नगद उपहार
अर्थ/व्यापार, समाचार

इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा १० लाख रुपैयासम्म नगद उपहार

युएई । इण्डेक्स एक्सचेंज एल एल सी युएई ले बिगतका बर्षहरु मा झैँ यो बर्ष पनि आउदै गरेको नेपालीहरु को महान चाड दशैं अनि तिहारको अवसर पारेर युएई भरि छरिएर रहेका नेपालीहरु को निमित्त “दशैं तिहार, नगद उपहार” नाराको साथ् “Win a Million ” को दोस्रो संस्करण लिएर आएको छ। यस योजना अन्तर्गत युएई मा कार्यरत सम्पूर्ण नेपालीहरुले इण्डेक्स एक्सचेंज बाट नेपाल पैसा पठाउदा १० लाख रुपैया सम्म नगद उपहार तथा नेपाल जाने हवाई टिकटहरु जित्न सक्ने छन्। सेप्टेम्बर २५, २०२३ बाट सुरु भएको यो योजनाको ०२ अक्टोबर पहिलो लक्की ड्र अबुधाबी मा भएको थियो । अबुधाबी इकोनोमिक डिपार्टमेन्ट बाट आएका अधिकारी को रोहबर मा गरिएको ड्र मा सन्देश मगर ले रु २००,००० जितेका थिए भने मुहमद एशाम ले नेपाल जाने हवाई टिकट जितेको जानकारी कम्पनि का चिफ बिजनेस अफिसर श्री मिर के रसूल ले जानकारी दिनुभय। यस्तै आउने अक्टोबर १२ तारिक दोस्रो, २४...
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
अर्थ/व्यापार, समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने...
सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष
मनोरन्जन, समाचार

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ,...
अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । कार्यक्र...
समाजसेवी दम्पती मेघ र मनु सुवेदीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण
समाचार, समाज

समाजसेवी दम्पती मेघ र मनु सुवेदीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ । सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए । २ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए । उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्त...
सार्वजनिक भए मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी
मनोरन्जन, समाचार

सार्वजनिक भए मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् । प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट
अर्थ/व्यापार, समाचार

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५...
‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ” तिम्रो सबै कुरा मन पर्छ ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे । खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।...
रौतहटका मोहम्मद जुनैद निर्वाचित नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित
राजनीति, समाचार

रौतहटका मोहम्मद जुनैद निर्वाचित नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी एक इम...