Saturday, November 21

Blog

आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल
मनोरन्जन, समाचार

आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलचित्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका ...
खत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’
मनोरन्जन, समाचार

खत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’

काठमाडौ । “यदि तपाइँ विश्व नेताहरूसँग सामाजिक मुद्दामा छलफल गर्ने मौका पाउनुभयो भने, कुन सामाजिक मुद्दा हुनेछ? किन?” भन्ने प्रश्नको सर्वउकृष्ट उत्तर दिएर मिस तर्फ प्रतियोगि नं. ३३ का प्रजीता के.सी.विजेता भए । भने, मिस्टर तर्फ सम्पूर्ण खत्री विजेता भएका थिए । एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन, २०२३’ को फाइनल भएको थियो । प्रतियोगितामा यस वर्ष एसईई दिएका ५४ विद्यार्थीहरुले भाग लिएका थिए । एसईई दिएका छात्र–छात्राहरु वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए। सम्पूर्ण खत्रीले मिस्टर तर्फको शिर्ष उपाधी सहित विधागत तर्फ मिस्टर परफेक्ट र मस्ट डिजर्भिङको अवार्ड पनि हात पार्न सफल भए भने प्रजिता के.सी ले मिसतर्फको शिर्ष ताजसहित विधागत तर्फ मस्ट स्टाइलिस्ट र पब्लिक च्वाइस अवार्ड हात पारिन । त्...
समाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
शिक्षा, समाचार

समाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ६ स्थित चण्डेश्वरी प्राथामिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । रन्जिता फाउण्डेशनले उक्त विद्यालयका २५ जना बालबालिकाहरुलाई स्कुल व्याग, पोशाक,कापी,कलम,फुटबल लगायत विविध सामाग्रीहरु वितरण गरेको हो । लामो समयदेखि समाजसेवामा सक्रिय रन्जिता गुरुङले व्यक्तिगत पहलमा गरिव निमुखाहरुका लागि आवास निर्माण देखि लिएर विभिन्न खाद्यान्न वितरण गर्दै आईरहेकी छिन । संस्थागत रुपमा संस्था दर्ता पश्चात पहिलो पटक रन्जिता फाउण्डेसन मार्फत उक्त विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी फाउण्डेशनका अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेका र थोरै भए पनि विद्यार्थीलाई उपयोगी सामाग्री सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नु भय...
चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै
मनोरन्जन, समाचार

चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै

काठमाडौं । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा वर्ष गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ । यही मेसोमा स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा चौथो संस्करणको अवार्ड गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा ग...
युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न
शिक्षा, समाचार

युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही गत सोमबारदेखि शुक्रबारसम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ । कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यवसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुझ्ने अवसर पाउनेछन् ।...
सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)

सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गर्नुभएका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता/दर्शकको रोजाइमा छन् ।...
सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने
मनोरन्जन, समाचार

सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने

अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ । यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्ने...
लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ
मनोरन्जन, समाज

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

काठमाडौं । लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको हो । उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो । ‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँक...
आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै
समाचार, स्वास्थ्य

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

गोदावरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा गोदावरी नगरपालिका वडा न. ३ को सयुक्त आयोजनामा गोदावरीमा एक दिने निशुल्क शिविर आयोजना हुन लागेको हो। निशुल्क शिविर यहि असार २ गते शनिबार बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले बताएका छ्न् । गोदावरी वडा ३ का सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको वडा ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो । शिविरमा बाल रोग,हाड जोर्नी ,नशा सम्बन्धि समस्या,स्त्रीरोग एवम् जनरल मेडिसिन सेवा निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । निशुल्क स्वास्थ्य सेवाको लाभ लिन वडा ३ ले अनुरोध समेत गरेको छ । शिविर श्री सिद्धेश्वर आधारभुत विधालय,वार्ड ३,किटिनीमा संचालन हुने जनाईएको छ ।...
प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज
मनोरन्जन, समाचार

प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

काठमाडौं, ३० जेठ । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् । विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् । त्यसै गरी फष्र्ट रनरअप अदिती शर्मा भइन भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् । त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना ताम...