एसईई र किड्स डान्स च्याम्पियनसिपमा प्रतिभाको चम्किलो प्रस्तुति
पोखरा । बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘एसईई डान्स च्याम्पियनसिप–२०८३’, ‘किड्स डान्स च्याम्पियनसिप सिजन–१ (गण्डकी प्रदेश)’ तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, शिक्षाविद्, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिभा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिका तथा युवाहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। आयोजकका अनुसार कार्यक्रमले कला क्षेत्रको विकाससँगै नयाँ पुस्...










