Saturday, November 21

Blog

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी
मनोरन्जन, समाचार

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वे...
एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न
मनोरन्जन, समाचार

एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

काठमाडौं । एएनपी मिडिया हाउसको आयोजनामा यस वर्षको लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा आयोजित भव्य समारोहकावीच लिटिल प्राईड अफ नेपालको ५ औं संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ हप्ताको नृत्य, गायन र अभिनय गरि फरक फरक ३ विधामा दक्ष प्रशिक्षकबाट तालिम प्राप्त गरि कार्यक्रमको फिनालेका दिन आ आफ्नो प्रस्तुती दिएका थिए । काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो । प्रतियोगीताको नृत्य तर्फ कोरियोग्राफीमा सन्दीप भुजेल, गायन तर्फ गायक कृष्ण भट्टराई र अभिनय तर्फ कलाकार नमुना दाहालले तालिम दिएका थिए । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालन गरेकी थिईन् । आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्य...
समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’
अन्तर्राष्ट्रिय, समाचार

समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’

रायपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छत्तीसगढकी समाजसेवी, पशु अभियन्ता, रुना शर्मालाई वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सशक्त राष्ट्रवादी साहित्यिक, सामाजिक र सांस्कृतिक संस्था सम्पर्क क्रान्ति परिवारले समाजलाई नयाँ आयाम दिने संकल्पको रूपमा सम्मान गरेको हो । मंगलमय इन्स्टिच्युट अडिटोरियम नॉलेज पार्क ग्रेटर नोएडामा राष्ट्रिय शक्ति शिखर सम्मेलन, राष्ट्र शक्ति शिरोमणि सम्मान २०२३ स्वरा कोकिला लता मंगेशकर सम्मान २०२३, राष्ट्र तेजस्विनी सम्मान २०२३ आयोजना गरिएको थियो जसमा कला,साहित्य, सांस्कृतिक, सामाजिक, राजनीतिक, चलचित्र, मिडिया, खेलकुद लगायतका विभिन्न क्षेत्रमा दृढ संकल्पका साथ आफूलाई प्रमाणित गर्ने नारी शक्तिको आत्मालाई सलाम गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा मंगलमाया ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष उद्योगपति अतुल मंगल, महिला उद्यमी, समाजसेवी शिखा मङ्ग...
जिनियस म्युजिक अवार्डको आवेदन खुल्यो, अनलाईन फर्म भर्न सकिने
मनोरन्जन, समाचार

जिनियस म्युजिक अवार्डको आवेदन खुल्यो, अनलाईन फर्म भर्न सकिने

जिनियस म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको   चौथो संस्करण “जिनियस म्युजिक अवार्ड–२०७९” आयोजना गर्ने घोषणा गरेको छ साथै उक्त अवार्डका लागि आवेदन पनि खुल्ला गरीसकेको छ  । नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो हरेक  वार्षिकोत्सवको अवसरमा बर्ष  गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ...
मंगोलदय श्रृजनशिल समाजले बाड्यो विद्यार्थीहरुलाई शैक्षिक सामाग्री
शिक्षा, समाचार

मंगोलदय श्रृजनशिल समाजले बाड्यो विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए । कक्षा १ देखि ८ सम्म अध्यनर...
छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न

काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर ग...
‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’:वेलुन सर्वोत्कृष्ट लघु चलचित्र
मनोरन्जन, समाचार

‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’:वेलुन सर्वोत्कृष्ट लघु चलचित्र

काठमाण्डौ – वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी स...
जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण
मनोरन्जन, समाचार

जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उहाँकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीलगायतयले कृतिको लोकार्पण गर्नुभएको थियो । स्रष्टा रावलको २५औं वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाइदिनुभएको थियो भने वर्षगाँठको केक ...
दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाणपत्र प्रदान

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार काठमाडौंमा एक समारोहकाबीच म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले म्यूजिक खबरको दश वर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्यूजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले द...
संगीतकार राजेन्द्र बजगाईको नेतृत्वमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान
मनोरन्जन, समाचार

संगीतकार राजेन्द्र बजगाईको नेतृत्वमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान

काठमाडौ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिवमा संगीतकार दिपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुबेदी, बेनिशा पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् । खानेपानी मन्त्री  अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयो प...