Saturday, November 21

Blog

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि ...
जनसरोकारका बिषयमा केही कुरा
विचार, समाचार

जनसरोकारका बिषयमा केही कुरा

-डा.डिआर उपाध्याय,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवा...
गोर्खा विचमा प्याजेन्ट नेपालको फेशन शो
मनोरन्जन, समाचार

गोर्खा विचमा प्याजेन्ट नेपालको फेशन शो

अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस्...
देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै
राजनीति, समाचार

देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै

-डा.डिआर उपाध्याय, अब मुलुक सुशासन तर्फ अघि बढनु पर्छ । यो हामी सबैको चाहाना हो । आज देशमा निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । अब मुलुकले निकास पाउँछ की पाउँदैन भन्ने आम जनताको चाहाना छ । नयाँ सरकार गठन संगै देशमा एक खालको उत्साह बढेको छ । यो सबैले स्वीकार गर्न सक्नु पर्छ । खै किन हो अहिले जनतामा एक खालको उत्साह छ । तर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले यो बिषयमा गम्भिर बन्नु पर्ने आबश्यकता भने देखिएको छ । संसदमा नयाँ सांसद पनि आइसकेका छन । अब संसदले कस्तो भूमिका खेल्ने ? अब सांसदहरूले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणमा संसदमा सशक्त भूमिका खेल्नु पर्छ । यो नै आजको महत्वपूर्ण बिषय हो । आज मुलुकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । आज देशमा नयाँ गठबन्धनको संस्कार हुर्क...
श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान
समाचार, समाज

श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान

आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।   संस्थाले बालकुमारी स्थित आफ्नै श्री संजय साई बृन्दाबन आश्रम परीसरमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १०८ जना साई भक्तहरूले रक्तदान गरेका थिए । सङ्कलन गरेको फ्रेस ब्लड नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सन्चार केन्द्र कार्यालय लाई हस्तान्तरण गरिएको थियो । श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस १ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय स...
राजनीतिक धुब्रिकरण
राजनीति, समाचार

राजनीतिक धुब्रिकरण

-डा.डिआर उपाध्याय, नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन । चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर दे...
अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)

वरिष्ठ गीतकार अमर वान्तुको नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र ज्वाला राईको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको मिक्सिङ/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, स्मारिका धिताल, सरोज राना प्रजा र विना राउतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’ लगायत थुप्रै गीत श...
अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?
राजनीति, समाचार

अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?

-डा.डिआर उपाध्याय, लामो समय देखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नु पर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै संकेत देखिदैन । नेपाली काँगे्रसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली काँग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइदैन । हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन । उनीहरुलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्नेता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामी लामो समय देखि भोग्दै पनि आएका छौ । अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् । यो एक्काइसौँ शताब्दीको युग हो । जनता नयाँ परिवर्तनको खोजिमा छन । अब जनताला...
“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला

काठमाडौं¬  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३” छैंटौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेका छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत १४ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो छैटौं संस्करणको ला...
एकसाथ तीन वटा रियालिटी शो घोषणा
मनोरन्जन, समाचार

एकसाथ तीन वटा रियालिटी शो घोषणा

काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाए...