Saturday, November 21

Blog

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पाद...
गीतकार निरकमल खड्का(ममल)द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गीतकार निरकमल खड्का(ममल)द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’(भिडियो)

काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो । लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी...
फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले
राजनीति, समाचार

फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले फ्रि भिसामा मलेसिया पठाउने नभई आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । बारा ४ मा चापाकल चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता वाग्लेले आफ्ना प्रतिष्पर्धीहरुले मधेशका गरिब परिवारका यूवालाई फ्रि भिसामा मलेसिया पठाउने प्रलोभन बाँडिरहेकाले त्यस्ता उम्मेदवारलाई मत नदिन आग्रह गरेका हुन् । सोमबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित एक चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार वाग्लेले आफ्नै परिवारसंग बसेर आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउन आँफूलाई मतदान गर्न आग्रह गरे ।‘३० हजार कमाउन मलेसिया होइन, बारा ४ मै प्रशस्त अवसर बनाउन सकिन्छ, त्यो वातावरण म बनाउँछु’ वाग्लेले भने ।...
काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका उमेशराज सापकोटाको सम्भावना प्रवल
राजनीति, समाचार

काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका उमेशराज सापकोटाको सम्भावना प्रवल

आम चुनावको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १० को प्रदेशतर्फ चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिले उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर मतादाताको घरदैलोमा पुगेका छन् । काठमाडौं क्षेत्र नं. १० मा राप्रपाबाट उमेशराज सापकोटा चुनावी मैदानमा छन् । उनी ‘हलो’ चुनाव चिन्ह लिएर प्रदेश तर्फ क बाट चुनावमा होमीएका छन् । सापकोटा उम्मेदवारी बनेसँगै अहिले क्षेत्र नं. १० का मतदाताहरु निकै उत्साहित भएका छन् । अन्य राजनीतिक पार्टी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीमा मतदाताहरुको आर्कषण बढेको उम्मेदावार सापकोटा बताउँछन् । उनी भन्छन्, ‘अहिलेका मतदाता अलि सचेत भएको पाएको छु । उहाँहरु पार्टी भन्दापनि व्यक्ति राम्रो खोजिरहनुभएको छ ।’ आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनको अनुभव छ । यसो त यस क्षेत्र देशकै राजधानी भएर पनि विकास नि...
गोर्खा वीच रिसोर्टमा ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’आयोजना हुदै
मनोरन्जन, समाचार

गोर्खा वीच रिसोर्टमा ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’आयोजना हुदै

द ग्रुप फोर क्रियसन र गोर्खा वीच रिसोर्टको संयुक्त आयोजनामा  ह्यापिनेस र्याफटिङ्ग फेस्टिवलको आयोजना हुने भएको छ । र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने उक्त कार्यक्रममा नेपाली लोक पहिचान झल्किने फेशन शो समेत हुने छ । नेपालका चर्चित डिजेका साथमा लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित गोर्खावीचमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए । नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक अविनाश पराजुलीले बताए । कार्यक्रमलाई म...
कान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने
अर्थ/व्यापार, समाचार

कान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने

काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो। विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। कार्तिक महिनाको अन्तिम सम...
गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को गोदावरीमा छायांकन
मनोरन्जन, समाचार

गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को गोदावरीमा छायांकन

ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए । लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजा...
मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’
अर्थ/व्यापार, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिट...
रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)
मनोरन्जन, समाचार

रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ ।...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनिय...