अपराध Archives - ग्यालेक्सी दैनिक
बुधबार, अशोज ३, २०८०

अपराध

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ
अपराध, समाचार

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिकामा एकै घरका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेसँगै हत्या आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको स्थानियले बताएपछि खोजतलास गर्दा शव भेटिएको थियो । हत्या गरेको आशङ्कामा पक्राउ परेका भागेश्वर मण्डलमाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । ...
गैँडा मारेर खाग तस्करी गरेको आरोपमा पक्राउ
अपराध, समाचार

गैँडा मारेर खाग तस्करी गरेको आरोपमा पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्...
तीन फरार प्रतिवादी पक्राउ
अपराध, समाचार

तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ । पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की छन् । त्यस्तै चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् । ...
पेस्तोलसहित वीरगञ्जबाट ३ जना पक्राउ
अपराध, समाचार

पेस्तोलसहित वीरगञ्जबाट ३ जना पक्राउ

पेस्तोलसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् । आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालाका अनुसार ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले बताए । ...
बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ
अपराध, समाचार

बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एकजना वडा सचिवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यनाका अनुसार यही असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको आरोपमा कालाथोकीलाई पक्राउ गरिएको हो । तर, युवतीले भने २४ गते मात्र परिवारलाई जानकारी गराएकी थिइन् । पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ
अपराध, समाचार

छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए। मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ। ...
श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या
अपराध, समाचार

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको मुख्य भूमिका रहेको रहस्य खुलेको छ । विगत २/३ वर्षदेखि श्रीमान दिपक पाण्डेयको हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामै गत जेठ ५ गते कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा नेता पाण्डेको हत्या भएको खुल्न आएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।  दिपक पत्नी महिमाले पतिको हत्या गर्नका लागि अर्का मुख्य योजनाकार कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादवलाई प्रयोग गरेकी छिन् । प्रहरीकाअनुसार ओमप्रकाश यादवसँग महिमाको अनैतिक सम्बन्ध थियो ।  सो अनैतिक सम्बन्धबारे दिपक पाण्डेलाई थाहा भए आफूलाई अप्ठ्यारो हुने थाहा पाएपछि दिपकको हत्या गर्ने योजनामा पत्नी महिमा र ओम प्रकाश अघि बढेको प्रहरीले जनाएको छ ।  पत्नी महिमा र ओम प्रकाश दुवैजना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपा...
बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता
अपराध, समाचार

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

 बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पह...
अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् । प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नग...
अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका–९ घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष ३४ को निमा लामा, नुवकोटको ताँदी गाउँपालिका–२ घर भएका वर्ष २८ को प्रकाश तामाङ र धादिङ्ग रोराङ नगरपालिका–२ घर भएका वर्ष ३१ को बिनोद लामा रहेका छन्। उनीहरुले हो–हल्ला गरी सबै साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लिल गाली गलौज, डर त्रास, धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरु उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। ...