अर्थ/व्यापार Archives - ग्यालेक्सी दैनिक
मङ्लबार, अशोज २९, २०८१

अर्थ/व्यापार

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा
अर्थ/व्यापार, समाचार

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् । पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर...
कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर
अर्थ/व्यापार, समाचार

कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ । विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो...
चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले
अर्थ/व्यापार, समाचार

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा कलाकार हरि निरौ...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता
अर्थ/व्यापार, समाचार

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहर...
चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती
अर्थ/व्यापार, समाचार

चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

काठमाडौं । चलचित्रकर्मीको हक,हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. विच आज एक कार्यक्रमका माझ चलचित्रकर्मी तथा चलचित्र संरक्षण मञ्चमा आबद्ध सदस्यको आबधिक विमा गर्ने बारे एक आपसमा सहमती भएको छ । यस कार्यक्रममा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल(रोजन) र उपमहासचिव तेज गिरीको उपस्थिति रहेको थियो भने इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का,उपमहाप्रबन्धक नरोत्तम ढकाल,कर्पोरेट सेल्सबाट सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रकर्मीहरुको कामका दौरानमा अथवा अन्य भवितब्य घटनाबाट मृत्यु हुँदा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम रु.१ लाख देखि अधिकत रु.२० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक रु...
‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविलाई
अर्थ/व्यापार, समाचार

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविलाई

विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ । भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध कलेका क...
अष्ट्रेलियामा टोपी दिवस र अँग्रेजी नयाँबर्ष
अर्थ/व्यापार, समाचार

अष्ट्रेलियामा टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो। उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन ...
फेसियल हाउसको १६औँ वर्षमा प्रवेशको अवसरमा भव्य समारोहका वीच कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

फेसियल हाउसको १६औँ वर्षमा प्रवेशको अवसरमा भव्य समारोहका वीच कार्यक्रम सम्पन्न

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो । यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासच...
रुसले नेपालको व्यापारमा सहयोग गर्ने
अर्थ/व्यापार, समाचार

रुसले नेपालको व्यापारमा सहयोग गर्ने

काठमाडौँ- नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ। नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो। नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए। छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए। उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए। नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल-रुस चेम्बर अफ क...
बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने
अर्थ/व्यापार, समाचार

बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ ।  फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मिति अनुसार फागुन महिनामा अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पुर्‍याउने  उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने जनाईएको छ । विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्ने भएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापुर्वक आमा सेमिनार सम्पन्न गरेक...