‘मेरो डान्स कप यु एस ए’ र ‘मेरो भ्वाइस कप यु एस ए’अब नेपालमा
काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।
समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ ।
तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भा...