Friday, November 20

मनोरन्जन

नेपालका गीतकार अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट
मनोरन्जन, समाचार

नेपालका गीतकार अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट

काठमाडौँ । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका छन । नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत गीतकार पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेकामा इलेकट्रोनिक भोटिङ’ मार्फत गीतकार अधिकारी टप २० मा परेका हुन । आगमी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ” रेड कार्पेट ” निम्तो पठाएको छ । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “हेप्नी म...
पिम नेपालको आयोजनामा ‘आठौँ निम अवार्ड’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

पिम नेपालको आयोजनामा ‘आठौँ निम अवार्ड’ भव्य रुपमा सम्पन्न

आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनु भएको थियो । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाकी नायिका चैत्यदेवी सिंह, हास्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाकी अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र, गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्क...
आउदो शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक हुने
मनोरन्जन, समाचार

आउदो शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक हुने

पोखरा। आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक गरिने भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ। आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो। भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ। मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको ...
मदनकृष्ण श्रेष्ठ परिवारको ‘मनमा पापको ‘प’ पनि’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मदनकृष्ण श्रेष्ठ परिवारको ‘मनमा पापको ‘प’ पनि’ सार्वजनिक(भिडियो)

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन । मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन ।...
“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला

अस्ट्रेलिया –  हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतीक त...
शिवन पोखरेल निर्देशित तथा अभिनित म्यूजिक भिडियो “झोले” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेल निर्देशित तथा अभिनित म्यूजिक भिडियो “झोले” सार्वजनिक(भिडियो)

मोडल तथा म्यूजिक भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा  फरक र यथार्थपरक गीत “झोले” सार्वजनिक भएको छ। यस गीतमा आशिक राईको स्वर रहेको छ भने आशिक राई कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा शिवन पोखरेलको परिकल्पना तथा निर्देशन रहेको छ भने प्रदिप कुमार रसाईलीको कोरियोग्राफी, करण चैशिर र सरोज शाहीको छायांकन, टेकेनद्र शाहको सम्पादन रहेको छ।   उक्त गीतको भिडियोमा रबी गिरी, पवन खतिवडा, शिवन पोखरेल, आशिक राई, नविना सिलवाल (खुईली), कल्पना सिंह, हरिहर तिमिल्सिना, सपना रसाईली, करुणा केसी, राकेश रणपहेली, रुपेश तामाङ, राजिब आले मगर, राज कुमार गिरी, माया मोक्तान, राज कुमार तामाङ (टाईगर), गणेश कुँवर आदीको अभिनय रहेको छ। यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।...
हरिभक्त बुढाथोकीको शब्दमा“दुरी मलाई हुनु छैन”(भिडियो)
मनोरन्जन, समाचार

हरिभक्त बुढाथोकीको शब्दमा“दुरी मलाई हुनु छैन”(भिडियो)

काठमाडौं । गितकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” बोलको गित सार्वजनिक भएको छ । शुक्रवार गितकार हरिभक्त बुढाथोकीकै युटुब च्यानलमा सार्वजनिक गरिएको गितको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्किको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गितको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनिले गरेका छन् । गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक,साथै ४ विविध विधामा सोध्यपत्र समेत लेखीएका अब्बल ब्याक्ति हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहित...
‘तिम्रो झझल्को ‘बाट गायिका तृप्तिलाई यो वर्षको ‘सर्वोत्कृष्ट गायन’को अवार्ड
मनोरन्जन, समाचार

‘तिम्रो झझल्को ‘बाट गायिका तृप्तिलाई यो वर्षको ‘सर्वोत्कृष्ट गायन’को अवार्ड

काठमाडौं । लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गले यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी छिन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित उक्त विशेष समारोहमा उनले गाएको ‘तिम्रो झझल्को ‘बोलको गीतबाट सर्वोत्कृष्ट महिला गायनबाट अवार्ड हात पारेकी हुन । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए । एघार लाख भन्दा वढि पटक हेरिएको उक्त गीतको भिडियो २०८१ साल हरि उफ्रेती अफिसियल युटुयूब च्यानलबाट सार्वजनिक गरिएको थियो । समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले गायिका तृप्तिलाई सो विधाको अवार्ड प्रदान गरेका थिए । डेढ दशक भन्दा लामो समयदेखि सांग...
गायिका पुजन काफ्लेलाई ‘सर्वोत्कृष्ट महिला आधुनिक गायन’को अवार्ड
मनोरन्जन, समाचार

गायिका पुजन काफ्लेलाई ‘सर्वोत्कृष्ट महिला आधुनिक गायन’को अवार्ड

काठमाडौं । गायिका पुजन काफ्लेलाई यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा ‘सर्वोत्कृष्ट महिला आधुनिक गायन’को अवार्ड प्रदान गरिएको छ । राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित उक्त समारोहमा गायिका काफ्लेलाई ‘चुपचाप’ बोलको गीतबाट उक्त अवार्ड प्रदान गरिएको मूल आयोजक समितिले जनाएको छ । समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले सो विधाको अवार्ड प्रदान गरेका थिए । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए । केहि समय अघि मात्र पनि थाईलैण्डको बैंककमा भव्य समारोहका वीच हिमालयन ईन्टरनेशनल अवार्डमा सोही गीतबाट उत्कृष्ट गायिकाको अवार्ड जित्न सफल गायिका काफ्ले शिक्षाकर्मी संगै गायनमा समेत व्यस्त रहदै आएकी छि...
मनिषा जिसीलाई ‘सर्वोत्कृष्ट सौन्दर्यविद’को सम्मान
मनोरन्जन, समाचार

मनिषा जिसीलाई ‘सर्वोत्कृष्ट सौन्दर्यविद’को सम्मान

काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसीलाई राजधानीमा भएको एक भव्य समारोहका वीच 'सर्वोत्कृष्ट सौन्दर्यविद'को सम्मान प्रदान गरिएको छ । राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा आयोजित 'नवौ नेशनल क्यापिटल अवार्ड'मा जिसीलाई उक्त सम्मान प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगर,विशिष्ठ अतिथी बागमती प्रदेशका पूर्व मुख्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे तथा बागमती प्रदेश सदस्य एवं पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठको हातबाट जिसीलाई सम्मान प्रदान गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित ‘नवौं नेशनल क्यापिटल अवार्ड’मा व्यबसायिक क्षेत्रमा फरक विधामा देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरे वापत सौन्दर्यविद जिसीलाई सो सम्मान प्रदान गरिएको आयोजक संस्था एवं मूल आयोजक समिति मिडिया ईन्टरनेशनलले जनाएको छ । विगत डेढ दशकभन्दा लामो समय...