Friday, November 20

मनोरन्जन

तृप्ति र विजयको स्वरमा ‘बैस जोवन’, प्रेमिल भावमा आकर्षक म्युजिक भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

तृप्ति र विजयको स्वरमा ‘बैस जोवन’, प्रेमिल भावमा आकर्षक म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र गायक तथा संगीतकार विजय गुरुङको स्वरमा रहेको नयाँ गीत ‘बैस जोवन’ सार्वजनिक भएको  छ। प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतको दृश्य सामग्रीसमेत आकर्षक शैलीमा निर्माण गरिएको छ। आनन्द पौड्यालको शब्द रचना तथा विजय गुरुङको संगीत रहेको गीतमा तृप्ति खड्का गुरुङ र विजय गुरुङले स्वर दिनुभएको छ। गीतको संगीत संयोजन, ध्वनि मिश्रण तथा अन्तिम ध्वनि परिष्कार नरेश पाण्डेले गर्नुभएको हो भने गीतको ध्वनि मुद्रण सारेगामा स्टुडियोमा गरिएको छ। गीतमा रुपी राना मगर र ज्ञानु परियारको समूह स्वरसमेत समावेश गरिएको छ। गीतको दृश्य निर्देशन स्वयं विजय गुरुङले गर्नुभएको छ। दृश्यमा विजय गुरुङ र रेखा स्त्रीलाई प्रमुख कलाकारका रूपमा प्रस्तुत गरिएको छ। प्रकाश खड्का तथा उहाँको समूहले छायां...
पुजन काफ्लेको नयाँ तीज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

पुजन काफ्लेको नयाँ तीज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली हिन्दू महिलाहरूको विशेष पर्व हरितालिका तीजको अवसर पारेर गायिका तथा गीतकार पुजन काफ्लेको नयाँ तीज गीत ‘तीजको लहर आउँदा बरिलै’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। तीजको सांस्कृतिक महत्व, नेपाली महिलाको उत्साह, पारिवारिक आत्मीयता तथा पर्वको रौनकलाई समेटेर तयार गरिएको गीतले दर्शक तथा श्रोतामाझ उत्साह थप्ने अपेक्षा गरिएको छ। तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ तीज गीत सार्वजनिक भइरहेका छन्। यही क्रममा पुजन काफ्लेले आफ्नै स्वर र शब्दमा यो गीत सार्वजनिक गरेकी हुन्। गीतमा जीआर बानियाँको संगीत, सन्तोष प्रगाढको संगीत संयोजन तथा सञ्जय श्रीपालको मिक्सिङ तथा ध्वनि परिष्करण रहेको छ। गीतको रेकर्डिङ मुर्चङ्गा डिजिटलमा गरिएको हो। तीजको सांस्कृतिक रौनकलाई गीतमा उतार्ने प्रयास तीज धार्मिक आस्थासँगै नेपाली महिलाहरूको भेटघाट, आत्मीयता, सुख–दुःख साटासाट,...
‘नेपाली वीरताको गाथा’को छायांकन सुरु, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धीसम्मको इतिहास पर्दामा
मनोरन्जन, समाचार

‘नेपाली वीरताको गाथा’को छायांकन सुरु, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धीसम्मको इतिहास पर्दामा

काठमाडौं । पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण अभियानदेखि सुगौली सन्धीसम्मको इतिहासलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले लघु चलचित्र **‘नेपाली वीरताको गाथा’**को छायांकन सुरु भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना, निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन सोमबारदेखि नेपाली सेनाको मुख्यालयस्थित पृथ्वीनारायण पुस्तकालयबाट सुरु गरिएको हो। चलचित्र निर्माणमा नेपाली सेनाको विशेष सहयोग रहेको जनाइएको छ। निर्माता तथा निर्देशक अधिकारीका अनुसार करिब ६ महिनाको खोज तथा अनुसन्धानपछि पटकथा तयार पारिएको हो। कलाकारहरूलाई कार्यशालामार्फत तयारी गराएर छायांकन थालिएको उनले बताए। चलचित्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित रामचन्द्र अधिकारी, रिमेश अधिकारी, विशाल पहारी, पुकार भट्टराई, पुष्कर भट्ट, भावना गुरुङ, स्नेहा जोशी, इशान बिजु श्...
राष्ट्रिय नाचघरमा भदौ ६ गते ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को ताजका लागि भिडन्त
मनोरन्जन, समाचार

राष्ट्रिय नाचघरमा भदौ ६ गते ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को ताजका लागि भिडन्त

काठमाडौं । सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभाको संगमका रूपमा आयोजना हुँदै आएको ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करणको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, काठमाडौंमा भव्य समारोहका बीच आयोजना हुने भएको छ। अडिसनबाट छनोट भएका प्रतियोगीहरू अहिले ग्रान्ड फिनालेको तयारीमा जुटेका छन्। प्रतियोगीहरूलाई व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी विशेष प्रशिक्षण प्रदान भइरहेको छ। प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ-मेकअप तथा फेशन लगायतका विषयमा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण दिइँदै आएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी प्रतियोगीहरू मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६का लागि सहभागी प्रतियोगीहरूमा: १. मन्दिरा आचार्य २. सृजना घिमिरे ३. समीक्षा शर्...
तीजमा महिला प्रतिभालाई विशेष मञ्च, एकल नृत्य प्रतियोगिताको तयारी
मनोरन्जन, समाचार

तीजमा महिला प्रतिभालाई विशेष मञ्च, एकल नृत्य प्रतियोगिताको तयारी

नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई थप भव्य, आकर्षक र स्मरणीय बनाउने उद्देश्यसहित तिज विशेष कार्यक्रम तथा तिज एकल नृत्य प्रतियोगीता २०८३ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, परम्परा, नृत्य, संगीत, फेसन र महिला प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमलाई तीज विशेष सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रम आयोजक प्रमिला खत्री र पूजा खत्रीबाट प्राप्त जानकारी अनुसार, कार्यक्रमको मुख्य उद्देश्य तीजलाई केवल परम्परागत पर्वका रूपमा मनाउने मात्र नभई यसको सांस्कृतिक महत्व, सामाजिक एकता, महिला सशक्तीकरण, प्रतिभा पहिचान र मनोरञ्जनलाई समेत एकसाथ जोड्नु रहेको छ। हरितालिका तीज नेपाली समाजमा विशेष गरी महिलाहरूको आस्था, संस्कार, पारिवारिक सम्बन्ध, आत्मीयता, प्रेम र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व हो।...
तीजको रौनकमा ‘मिस एन्ड मिसेस तीज क्वीन–२०२६’, महिला प्रतिभा र संस्कृतिको भव्य उत्सव हुँदै
मनोरन्जन, समाचार

तीजको रौनकमा ‘मिस एन्ड मिसेस तीज क्वीन–२०२६’, महिला प्रतिभा र संस्कृतिको भव्य उत्सव हुँदै

काठमाडौं। नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई अझ विशेष र भव्य बनाउने उद्देश्यसहित ‘मिस एन्ड मिसेस तीज क्वीन डान्स रियालिटी शो–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, मनोरञ्जन र महिलाको प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष कार्यक्रममा नृत्य, संगीत, फेसन, मौलिक संस्कृति र मनोरञ्जनका विविध कार्यक्रमहरू समेटिने भएका छन्। निरि जुम्बा एन्ड डान्सको प्रस्तुति तथा प्याजेन्ट नेपाल, शोभा बुटिक होटल र निरि डान्स एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको विशेष सहभागिता रहनेछ। कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसी, लोकप्रिय कलाकार राजाराम पौडेल, गायिका सारिका घिमिरे, गायिका तृप्ति खड्का, गायिका मञ्जु थापा, गायक तथा कलाकार रमेश पाठक, चेतन राई, रामकृष्ण श्रेष्...
खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित ‘जागृति’ लोकार्पण
मनोरन्जन, समाचार

खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित ‘जागृति’ लोकार्पण

काठमाडौं । महाकाव्यमा अभिव्यक्त राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण, प्रकृतिप्रेम तथा मानवीय संवेदनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार पारिएको गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। मिलापको आयोजनामा सम्पन्न समारोहमा महाकाव्यकार खेमनाथ दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू सार्वजनिक गरिएको हो। नेपाली काव्य परम्पराको गम्भीर भावभूमिलाई आधुनिक संगीतसँग जोड्ने प्रयासका रूपमा एल्बमलाई प्रस्तुत गरिएको छ। चलचित्र निर्देशक माधवराज खरेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो। शिक्षाविद् डा. यज्ञेश्वर निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जना...
शिवहरि नेपाल ‘बैरागी’लाई नगदसहित दीर्घ साधना सम्मान, विभिन्न क्षेत्रका ५० व्यक्तित्व सम्मानित
मनोरन्जन, समाचार

शिवहरि नेपाल ‘बैरागी’लाई नगदसहित दीर्घ साधना सम्मान, विभिन्न क्षेत्रका ५० व्यक्तित्व सम्मानित

काठमाडौं। ‘कर्मअनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो स्थापनाको १४औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार, नेपाली मौलिक परम्पराअनुसार खीर खाने दिनको अवसर पारेर काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीत, साहित्य, समाजसेवा तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका ५० जना व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
मनोरन्जन, समाचार

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

काठमाडौं - नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुल्ला गरिएको छ। अवार्डको आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिद्धारा जारी विज्ञप्ती अनुसार गुरु पुर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम खुल्ला गरेको जनाएको छ । आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन्। उनका अनुसार अवार्डका विधाहरु सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट महाकाव्य, सर्वोत्कृष्ट खण्डकाव्य, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट मुक्तक, सर्वोत्कृष्ट हाइकु, सर्वोत्कृष्ट उपन्यास, सर्वोत्कृष्ट कथा, सर्वोत्कृष्ट लघुकथा, सर्वोत्कृष्ट ...
मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्ला
मनोरन्जन, समाचार

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्ला

काठमाडौं- नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ। महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्...