Friday, November 20

मनोरन्जन

गायक आनन्द कार्कीको ‘कर र करार ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक आनन्द कार्कीको ‘कर र करार ‘सार्वजनिक(भिडियो)

सदावहार वरिष्ठ गायक आनन्द कार्कीको स्वरमा गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा ‘ कर र करार ‘ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँको लबिम मलमा आयोजित भव्य कार्यक्रमकाबीच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा अत्यन्त राम्रो प्रतिक्रिया आएको थियो । गीतको अडियोतर्फ निरज श्रेष्ठका संगीत संयोजन , भोला पौडेलको मिक्सिङ मास्टरिङ रहेको छ भने भिडियोतर्फ गायक स्वयम आनन्द कार्की, उषा उप्रेती, बिशाल बिष्ट, सोनिया राई ,सरस्वती तामाङको अभिनय , माही सिंहको श्रृङ्गार , रोमा लामाको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , उषा मलाहा ‘ सिमरन ‘को सहायक निर्देशन तथा राज कुमारको सम्पादन र निर्देशन रहेको छ । नृत्य र कथावस्तुलार्ई समेत ध्यानमा राखेर बनाईएको गीतको भिडियो आनन्द कार्की अफिसियल युट्युब मार्फत सार्वजनिक गर...
कृष्णराज भण्डारीको शव्दमा  ‘दशै यसपाली’ (भिडियो)
मनोरन्जन, समाचार

कृष्णराज भण्डारीको शव्दमा  ‘दशै यसपाली’ (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान चाडको अवसरमा गीतकार कृष्ण राज भण्डारीको शव्दमा तयार भएको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक भएको छ । लाल बहादुर सुब्बाको संगित तथा गायकत्रय सविन लिम्बु, देव राना, कृष्ण भण्डारीको स्वर रहेको गीतको भिडियो हाम्रो ‘हाम्रो आफ्नै टिभी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सविन लिम्बुकै एरेन्ज रहेको गीतको भिडियोमा गायकत्रयका साथमा भुपेन सिंह क्षेत्रीको अभिनय देख्न सकिन्छ । रोशन श्रेष्ठले छायांकन गरेको भिडियोलाई अनिल श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन विवेक सुनार र कलर श्याम कुंवरको रहेको छ ।...
एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ । गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई दे...
वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)
मनोरन्जन, समाचार

वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)

प्रतिष्ठित लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो । नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।...
रविको हिन्दी गीत ‘दिलके पास तुम हो’मा अरुणा सुवेदी (भिडियो)
मनोरन्जन, समाचार

रविको हिन्दी गीत ‘दिलके पास तुम हो’मा अरुणा सुवेदी (भिडियो)

काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको हिन्दी गीत ‘दिलके पास तुम हो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा मोडल समेत रहेका सुवेदीको आफ्नै युट्युब च्यानल रवि सुवेदीबाट सार्वजनिक गरिएको उक्त हिन्दी गीतको भिडियोमा मोडल अरुणा सुवेदीले अभिनयमा साथ दिएकी छिन । विकास चौधरीको शव्द तथा संगीत रहेको गीतलाई सन्जय हमालले एरेन्ज र दिपेश सिंहले मिक्सिङ्ग तथा रेकर्डिङ्ग गरेका छन । किर्तिपुर तथा काठमाडौंका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शैलेस श्रेष्ठ लुभुले छायांकन तथा सम्पादन गरेका छन । राज महर्जन तथा रुपेन्द्र श्रेष्ठको संयुक्त कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको प्रडक्सन म्यानेजरमा राजन महर्जन र मेकअपमा कुशुम कर्माचार्य रहेकी थिइन । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायक सुवेदीका यस अघि पनि हिन्दी भर्सनका केहि म्यासप गीतको भिडियो सार्वजनिक भैसकेको छ । लामो समयदेखि संग...
अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक भएको छ । सुमीत खड्का र अञ्जु गौतमको स्वर, राजु कार्कीको संगीत र सुरेश राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिसेक खडका र सेजिना श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान….’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘कुटुकुटु...
सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष
मनोरन्जन, समाचार

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ,...
अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । कार्यक्र...
सार्वजनिक भए मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी
मनोरन्जन, समाचार

सार्वजनिक भए मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् । प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर...
‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ” तिम्रो सबै कुरा मन पर्छ ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे । खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।...