जुलाई २९ र ३० मा युएईका विभिन्न शहरमा ‘आउनै पर्छ नाईट २’ हुने
युएई । नेपालीहरुको वैदेशिक रोजगारीका लागि मात्र होईन व्यापार व्यवसायका लागि समेत उत्कृष्ट रोजाईमा पर्ने देश युएईमा लाखौं नेपालीहरु रहेका छन । प्रवासमा रहेर आफ्नो व्यस्त समय मनोरन्जनका लागि छुट्याउदै आएका नेपालीहरु बेला बेलामा भैरहने विविध कार्यक्रमहरुमा सहभागी भै मनोरन्जन लिने गर्दछन । यस्तो मनोन्जनको माध्यम बनेको छ नेपालीहरु आफैले संचालन गरेको ईभेन्ट कम्पनीहरु । यसैक्रममा दुवईमा रहेको जिरो टू वान इभेंट म्यानेजमेण्ट कम्पनीले आउदो २९ जुलाई २०२३ याक एण्ड यति एभरेष्ट क्लब ,बरदुबई र ३० जुलाई २०२३ मनिला बे ईमिरेट्स प्लाजा होटल अवुधाबीमा नेपालका ख्याति प्राप्त गायक नितेश जंग कुवर, समृद्धि राई लगायत नेपालकै बेस्ट लेडीज़ डिजे नानी र युएई को चर्चित क़ाब्या ब्यांड र होस्ट सरू को साथमा सांगीतिक धमाका हुन गई रहेको छ।
लामो समयदेखि युएईका विभिन्न शहरहरुमा यस कम्पनीले बिगतमा पनी यस्ता सांगीतिक कार्यक्र...










