दर्शकको मन जित्दै आनन्द कार्कीको नयाँ सांगीतिक कोशेली ‘ईटहरीको बजारमा’
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका लोकप्रिय वरिष्ठ गायक आनन्द कार्की नयाँ गीत ‘ईटहरीको बजारमा’ लिएर दर्शकमाझ आएका छन् । गायिका गंगा खनालसँगको युगल स्वरमा तयार गरिएको उक्त गीत तथा म्युजिक भिडियो आनन्द कार्की अफिसियल नामक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेषगरी गीतको आकर्षक प्रस्तुति, मौलिक स्वाद, आधुनिक संगीत संयोजन तथा भिडियोको भव्य निर्माणले दर्शक तथा संगीतप्रेमीहरूको ध्यान तानिरहेको छ ।
https://www.youtube.com/watch?v=nwYmovmEf1s
पूर्वी नेपालको चर्चित शहर ईटहरीलाई केन्द्रमा राखेर तयार गरिएको ‘ईटहरीको बजारमा’ बोलको गीतमा प्रेम, रमाइलोपन र आधुनिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा वरिष्ठ गायक आ...










