तामाङ भाषा–संस्कृतिका समस्त विषय उठान गर्न गाह्रो : नायक घिसिङ
काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् ।
घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी मुसु...










