Saturday, November 21

मनोरन्जन

‘एक्का ट्रायल’ सार्वजनिक
मनोरन्जन, समाचार

‘एक्का ट्रायल’ सार्वजनिक

काठमाण्डौं, चैत्र १३ ग्यालेक्सी दैनिक भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु’ का चर्चित गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो । गीतमा राजन राज सिवकोती र रचन रिमालको स्वर तथा गायक तथा संगीतकार सिवाकोटिकै संगीत रहेको छ । रबिन्द्र खड्काकै निर्देशन रहेको भिडियोमा वरिष्ठ न्रित्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ । भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगयातको अभिनय रहेको छ । भिडियोमा ब्यवस्थापनको जिम्मा राजेश महर्जन, छायांकन शिव तथा ढकाल तथा सम्पादन बनिस शाहको रहेको छ । भिडियो वरिष्ठ गीतकार सुवाश चन्द्र ढुङेलको अफिसिय...
लोकप्रिय बन्दै हेल्लो अमेरिका
मनोरन्जन, समाचार

लोकप्रिय बन्दै हेल्लो अमेरिका

काठमाण्डौं, चैत्र १३  ग्यालेक्सी दैनिक जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानबाट न्युयोर्कबाट हालसम्म पन्ध्र एपिसोड ‘हेल्लो अमेरिका’ र एघार वटा विशेष गरेर छब्बिस एपिसोड ‘घुँयत्रो’ हाँस्य सिरियल आठ एपिसोट ‘चनमती’ टकशो चौबिस एपिसोड ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरु, केहि चलचित्र समेत रिलिज गरेर आफ्नो नियमित कार्यक्रम चलाईरहेको छ । ज्साक्सन हाईट न्युयोर्कमा कार्यलय स्थापना गरिे बिभिन्न कार्यक्रमहरु जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यान मार्फत प्रसारण गर्दै आईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ । निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सुहाङको प्रस्तुति, टोमा लामा सह निर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याकग्राउन्ड सम्राट थापा, गायन राजेस पायल राई र मेनुका पौडेल...
मोडल बबिना फिचर्ड डिएमएसको ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मोडल बबिना फिचर्ड डिएमएसको ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई अर्का मोडल दिपक घिमिरेले साथ दिएका छन । निकै सम्भावना देखिएकी मोडल बबिनाले यसै गीतबाट मोडलीङ्ग क्षेत्रबाट डेव्यू गरेकी हुन । उनलाई अन्य भिडियो र सिनेमाबाट समेत कामको अफर आईरहेको छ । आगामी दिनमा थप केहि भिडियो आउने उनले बताईन । बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन ।...
किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रे...
निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ । वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्व...
‘चाँदनी चाँदनी’ भन्दै आए विश्वकीर्तिमानी गीतकार डा. उपाध्याय(भिडियो)
मनोरन्जन, समाचार

‘चाँदनी चाँदनी’ भन्दै आए विश्वकीर्तिमानी गीतकार डा. उपाध्याय(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सा...
दोस्रो ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

दोस्रो ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

काठमाण्डौं, चैत्र ४  ग्यलेक्सी दैनिक नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजना भएको दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएकाे छ। प्रमुख अतिथि मेयर चिरिबाबु महर्जनबाट आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आगामी बर्षको बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख नै गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। फागुन २७ र २८ गते दुई दिन भएको प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरुबाट दुई सय खेलाडीको उपस्थित थियो। ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा रुपक नेपाली प्रथम, पुरुष खुल्ला तौल समूहमा सनि सिंह दाेस्राे, पुरुष ५५ के. जि. तौल समूहमा ओम तामाङ प्रथम, पुरुष ५५ के. जि तौल समूहमा दोस्रो रोशन गोतामे, पुरुष ६० के. जि तौल समूहमा प्रथम हितेश रानामगर पुरुष ६० के. जि तौल समूहमा ...
कविता भइन मिसेस नेपाल आइडल – २०२२
मनोरन्जन, समाचार

कविता भइन मिसेस नेपाल आइडल – २०२२

काठमाण्डौं, चैत्र २  ग्यलेक्सी दैनिक मिसेस नेपाल आइडल को छैठौँ संस्करण यहि सोमबार राजधानीको म्यूजिक सिटी, ग्वार्कोमा सम्पन्न भएको छ । हिमालयन मुभिजद्धारा आयोजित सो कार्यक्रममा गोकर्णकी कविता राइ बिजेता भइन भने करुणा शाह फस्ट रनर अप र साया राइ सेकेन्ड रनर अप घोषित भएका छन । त्यस्तै गरि सवटाइटल अवार्ड तर्फ मोस्ट इन्टिलीजेन्ट एवं मोस्ट पपुलर कविता राइ, मोस्ट एट्राक्टीभ एवं मोस्ट पपुलर भिडीयो अवार्ड करुणा राइ, बेस्ट फोटोजेनिक साया राइ, मोस्ट स्मार्ट अनितामहर्जन, मोस्ट चार्मिङ शुष्मातामाङ, वेस्ट पर्सनालिटी सन्जु शाही ठकुरी, बेस्ट डिसिप्लीन रसनीतामाङ एवं मोस्ट एयाक्टीभ सुनमाया स्याङतानले हातपार्न सफनभएका छन् । हालै वेस्ट फेसनकोरियोग्राफर २०२१ को अवार्ड बिजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रमविवाहितमहिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुका सा...
किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान ,३ घण्टामै म्यूजिक भिडियो तयार
मनोरन्जन, समाचार

किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान ,३ घण्टामै म्यूजिक भिडियो तयार

यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन अपरान्ह ४ :२१ मा ...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन,   सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई अनु चौधरीले साथ दिनुभएको छ भने अभिनयमा नम्रता अर्यालले । गीतको भिडियो पोखराका बेगानस ताल, रुपा ताला, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताल र फेवाताल, यस्तै चितवनका बिसहजार ताल र कुमाल ताल, हेटौडाको इन्द्र सरोबर र काठमाडौं कीर्तिपुरको नाग दह यस्तै ललितपुरको बोजे पोखरी र टौ दहमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार चौध तालमा शब्द, सङ्गीत, स्वर र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो...