Saturday, November 21

मनोरन्जन

भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक(भिडियो)

नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। ‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो। https://youtu.be/rmOLiOpOMU4 महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ। जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ।...
माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान
मनोरन्जन, समाचार

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो । कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ । साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो । एकेडेमीका अध्यक्ष मा...
गीतकार अधिकारी को “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार अधिकारी को “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो ...
प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
मनोरन्जन, समाचार

प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए । प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई...
द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने
मनोरन्जन, समाचार

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको ...
मोडल निशा घिमिरेको निधन
मनोरन्जन, समाचार

मोडल निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो । लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । मंगलबारमात्र अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको अवस्था स्थिर रहेको जनाएको थियो । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले फेसबुकमार्फत निशाकाे निधनकाे पुष्टी गरेका छन् । उनका पिता प्रेम घिमिरेका अनुसार निशालाई पाइपको सहायताले झोलिय खानेकुरा खुवाइँदै आएको थियो । तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो । तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडिय...
मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित
मनोरन्जन, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन...
विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्याको नयाँ गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । प्रदाप दाशको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/kXIKVILZfVU कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेलाई फिचरिङ गरिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतमा आफूले माया गरेकी मायाको तारिफ गरिएको छ । निक्कै कलात्मक ढङ्गले भिडियो प्रस्तुत गरिएको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतसहित विभिन्न विविध ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ । डा. उपाध्याय...
कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “गरिएको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ । विगत लामो समयदेखि ...
लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

तीज गीत ‘अब अति भो’ सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वर, शशी अधिकारीको शब्द, विर्खकै सङ्गीत र केशव बाबुको एरेञ्ज रहेको तीज गीत ‘अब अति भो’को भिडियो सार्वजनिक भएको हो । https://youtu.be/hfoaQx8nV2s अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, विकास भण्डारी, आयुसा गौतम लक्ष्मीनाथ तिमल्सिना, राधा श्रेष्ठ, किसोर भण्डारी डिठ्ठा साब, रचना पौडेल, रोहित ओलीलगायतका कलकारको अभिनय रहेको छ । धु्रव श्रेष्ठको छायाँकन रहेको भिडियोमा निर्देशक अर्जुनकै सम्पादन छ । भिडियो बीफोर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माण लक्ष्मीनाथले निर्माण गर्नुभएको हो ।...