Saturday, November 21

मनोरन्जन

रहेनन् हाँस्यकलाकार शम्भु थापा ‘बखते’
मनोरन्जन, समाचार

रहेनन् हाँस्यकलाकार शम्भु थापा ‘बखते’

चर्चित हाँस्यकलाकार शम्भु थापा 'बखते'को निधन भएको छ । उनको शनिवार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निभन भएको हो । कोरोनासक्रमित भएपछि उनको दुई साताअघिदेखि अस्पतालमा उपचार हुँदै आएको थियो ।  उनको अचानक शनिवार शनिबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोलमाल, मेरी बास्सै, हल्का रमाइलो, भद्रगोल लगायतका दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका उनी बखते नामले चिनिएका थिए ।  टेलीचलचित्र हल्का रमाइलोमा उनको बखतेको भूमिका निकै रुचाइएको थियो । उनी चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले ‘मदन बहादुर हरिबहादुर मा पनि अभिनय गरेका थिए ।...
अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

काठमाण्डौ, भाद्र ४ | चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित चोखो माया बोलको गीत सार्वजनिक भएको छ । गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन । रोमान्टिक शैलीको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल को अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WKYp0_IXAQw ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिज...
थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक
मनोरन्जन, समाचार

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्। रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्। रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्। गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ। थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि साता पछि रिलिज गर्दैछ। https://www.youtube.com/watch?v=rzcrBQveF58...
‘आँधी तुफान २’को छायांकन पुरा
मनोरन्जन, समाचार

‘आँधी तुफान २’को छायांकन पुरा

एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो । फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ । चक्र घले निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, संजय खतिवडा, सिवन लामा, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, रवी गिरी, पुष्कर राउत, विन्दिया, ऋचा, सुदिप, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ । फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिन...
‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु
मनोरन्जन, समाचार

‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गराएर अपलोड गरेर अडिसन दिन सकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । प्रतियोगीहरुबाट गीत अपलोड गर्ने क्रम जारी रहेको उनले बताए । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपालीले सहभागीता जनाउन सक्नेछन् । भदौ ३१ गतेपछि आएका गीतमध्येबाट छनोट प्रक्रिया अगाडि बढाइने आयोजकको भनाई छ । ‘नेपाल आइडल सिजन-४’मा यसअघिका निर्णायक नहुने आयोजकले जनाईसकेको छ । निर्णायक को हुने भन्ने शुक्रबार फाइनल गर्ने तयारी र...
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइ...
कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड
मनोरन्जन, समाचार

कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड खोलीतिरैमा गीतबाट कृष्ण रसाललाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा. रामशरण महत्त तथा अन्य विशिष्ट अतिथि तथा अतिथिले बोहोरालाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गर्नुभएको थियो । कृष्ण रसालले नेपाली गीत संगीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएको छ । उहाँका कार्यले प्रशंसा पाइरहँदा उहाँलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहका...
अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)

गीतकार अन्जु अधिकारीको तीज गीत नाचौं साथी हो सार्वजनिक भएको छ ।अधिकारीले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा नयाँ तीज गीत बजारमा ल्याउनु भएको हो । गीतलाई गायिका मेलिना राईले मिठो स्वर दिनु भएको छ भने उहाँले भिडियोमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटयुब मार्फत सार्वजनिक भएको छ । आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको संघर्षलाई गीतले प्रस्ट पारेको छ । https://youtu.be/cwpAuoT5NXw आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ, भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भएकी अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भएको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभीन्न सामाजीक कामहरूमा निरन्तर क्रियाशील देखिनुहुन्छ । यसै बर्षको अन्तिम सम्...
धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ । https://youtu.be/ys83CYGGmZQ यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ ।...
नग्मासँग सुधीरको ‘कसम हो कसम’
मनोरन्जन, समाचार

नग्मासँग सुधीरको ‘कसम हो कसम’

गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत छ । नितिनलाई स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छन् । मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठ फिचर्ड छन् । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=_3AG9Zw54FE...