एनएफपीजेका अध्यक्ष वन्तले बंगलादेशमा सुनाए फोटो पत्रकारिताकाका विविध आयाम
नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो ।
विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको उक्त गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगि एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाउनुभएको थियो । कोभिड-१९ मात्र होइन, ...