आज २०७८ भाद्र १६ गते बुधबारको राशिफल
आज २०७८ भाद्र १६ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) (Aries)
नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) (Taurus)
आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)(Gemini)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । ...