Friday, November 20

विविध

चौतारी समूहको पहलमा रञ्जिता फाउण्डेशनलाई आर्थिक सहयोग
विविध, समाचार, समाज

चौतारी समूहको पहलमा रञ्जिता फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन । नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी । आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस्...
यात्रारत यात्रा
विविध, समाचार

यात्रारत यात्रा

एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको आरोहण...
डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र
विविध, समाचार, समाज

डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय/खनालले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनागरी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उहाँलाई हस्तान्तरण गरिएको हो । शहरी विकास मन्त्री मेटमणी चौधरीले उहाँलाई उक्त प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभ...
एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित
विविध, समाचार

एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

काठमाडौँ —  २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्...
विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’
विविध, समाचार, समाज

विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो । गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ...
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न
राष्ट्र, विविध, समाचार

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो । “नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको कामलाई मध्यनजर गर्दै कार्यविभाजन ...
सहयात्री बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
विविध, समाचार

सहयात्री बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ, मंसिर २७  ग्यालेक्सी दैनिक पूर्व सहकारी मन्त्री पद्मा अर्यालले सहकारी संस्थाको क्रियाकलापमा साधारण सदस्यले चनाखो भएर हेर्नु पर्ने बताएकी छन् । कुनैपनि संस्थालाई अगाडि लैजान साधारण संस्थाको महत्वपुर्ण भुमिका रहने बताएकी अर्यालले संस्थाको सञ्चालक समितिलाई जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनु समेत साधारण सदस्यको कतब्र्य रहेको धारणा राखेकी छन् । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा प्रमुख आतिथिको रुपमा सहभागी पुर्व मन्त्री अर्यालले सहकारीको महत्वको बिषयमा चर्चा समेत गरेकी छन् । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र पुर्व मिस नेपाल सुगारिका के.सील उत्प्रेरणा र नेतृत्व विकास प्रशिक्षण समेत दिएको कार्यक्रममा सहकारकिा बालबचतकर्ता बालबालिकालाई गितार उपहार प्रदान गर्दै उत्कृष्ट सदस्यको रुपमा सम्मान समेत प्रदान गरिएको थियो...
बोष्टर मिडियाको नवौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
विविध, समाचार

बोष्टर मिडियाको नवौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ । नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए ।...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित
मनोरन्जन, विविध, समाचार

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग...
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान
विविध, विशेष, समाचार

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आ...