शिक्षा Archives - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

शिक्षा

कलाकार गोपाल ढकालको पहलमा रामेछापको सेतीदेवी विद्यालयमा शैक्षिक सामाग्री प्रदान
शिक्षा, समाचार

कलाकार गोपाल ढकालको पहलमा रामेछापको सेतीदेवी विद्यालयमा शैक्षिक सामाग्री प्रदान

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत करिव २०० भन्दा बढि विद्यार्थीहरुलाई स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सोही वडाका स्थायी वासीन्दा तथा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका युवा समाजसेवी गोपाल खड्काको पहलमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । मन्थली वडा नं.४ का वडा अध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गगन वहादुर श्रेष्ठको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच स्कूल व्याग,कापी लगायत खेलकुदका सामाग्रीहरु वितरण गरिएको थियो । खड्काकै सभापतित्वमा संचालित कार्यक्रमलाई संचारकर्मी सोनीतराज ढुंगेलले संचालन गरेका थिए भने लोकप्रिय हाँस्य कलाकार गोपाल ढकाल छन्देले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । विद्यालय व्यबस्थापन समितिका सदस्य प्रक...
अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्रr
अर्थ/व्यापार, शिक्षा, समाचार

अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्रr

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पवन कार्की नेतृत्वको समानान्तर कमिटीले सरकारलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको छ। कार्की नेतृत्वको समानान्तर कमिटीले बुधबार शिक्षामन्त्री अशोककुमार राईलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत रुपमा हुने गरेको राजनैतिक भागवण्डाको खारेजी गरी खुल्ला प्रतिस्प्रधाद्वारा दक्ष र सक्षम जनशक्तिको नियुक्ती गर्नुपर्ने माग गरेका छन्। शिक्षालाई काल्पनिक कोरा रटाइबाट अलग गरी विज्ञान र व्यवहारमा आधारित अनुसन्धानमुलक बनाउनुपर्न, संविधानमा ग्यारेण्टी गरिएको विद्यालय शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्थाको तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएका छन्।...
मंगोलदय श्रृजनशिल समाजले बाड्यो विद्यार्थीहरुलाई शैक्षिक सामाग्री
शिक्षा, समाचार

मंगोलदय श्रृजनशिल समाजले बाड्यो विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए । कक्षा १ देखि ८ सम्म अध्यनर...
विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण
शिक्षा, समाचार

विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौँ । काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएकोे छ । पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका थिए । सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फ...
सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा, समाचार

सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं -सान ईन्टरनेशनल कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको वृत्ति विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो । कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो । कार्यक्रममा नव आगन्...
नगरकोटी दाजुभाईले गरे श्रीदेवी प्राथमिक विद्यालयमा सहयोग
शिक्षा, समाचार

नगरकोटी दाजुभाईले गरे श्रीदेवी प्राथमिक विद्यालयमा सहयोग

शंखरापुर- ३ काठमाडौ, स्थित श्रीदेवी आधारभुत विद्यालय, भन्ज्याङ्गमा शैक्षिक सामाग्री एवं खाजा वितरण गरिएको छ । शंखरापुर ३ बोजिनी निवासी युवा समाजसेवीद्वय अनिल नगरकोटी र सुनील नगरकोटी दाजुभाईले आफ्ना दिवंगत पिता स्व. धन वहादुर नगरकोटीको स्मृतिमा स्थापित प्रतिष्ठानको तर्फबाट आर्थिक रुपमा विपन्न वालवालिकाका लागि स्कूल व्याग,कापी,कलम तथा खाजा वितरण गरेका छन । विद्यालय प्रांगणमा वृक्षारोपण गरि कार्यक्रम औपचारिक शुभारम्भ गरिएको थियो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा शंखरापुर नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चम्पा माया वाइबा, विद्यालयका प्रधानाध्यापक बिना प्रधान,अभिनेता श्रीदेव भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल,फोटो पत्रकार युवराज नेपाल, शंखरापुर -४, स्थित वैरमहादेव आधारभुत विद्यालयका प्रधानाध्यापक राघव झा, सोही विद्यालयका सह प्रधानाध...
नेपाल भाषा कक्षाको निरन्तरताको खांचो छ: प्रा डा चन्द्रमान बज्राचार्य
शिक्षा, समाचार

नेपाल भाषा कक्षाको निरन्तरताको खांचो छ: प्रा डा चन्द्रमान बज्राचार्य

काठमाण्डौँ, साउन १ ग्यालेक्सी दैनिक गत साल कोरोना भाइरस (कोभिड—१९)को महामारी कारण नमनाइएको गुरु पुर्णिमा यस बर्ष भने रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले हर्षोल्लासका साथ मनाएका छ्न। काठमाडौकै केन्द्र मानिने आर आर क्याम्पसमा एम.ए. तह नेपाल भाषा बिषयका पढ्ने विद्यार्थीहरू र बि. ए. तहका विद्यार्थीहरुको समेत सहभागीतामा गत बुधबार आर आर क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आर. आर. क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले गुरुपुर्णिमा कार्यक्रम गरिएकोमा आयोजक विद्यार्थी समूहलाई धन्यवाद दिदै यस्ता कार्यको निरन्तर हुनेमा आशा राख्नु हुदै नेपाल भाषाको एम. ए. लेभल अध्यापनको सफलताका लागि पहलकदमी बिद्यार्थी, शिक्षक, कामनपा लगायत सबैलाई बधाई दिँदै आउँदा दिनमा यस्को सबलताका लागि क्याम्पसबाट सकेको पहल हुने कुरा धारणा राख्नु भएको थिए। नेपाल भाषा एम.ए. अध्ययनरत ब...
नेवाः विद्यार्थी युनियनको आयोजनामा हुने निबन्ध प्रतियोगिता समयावधि थप
शिक्षा, समाचार

नेवाः विद्यार्थी युनियनको आयोजनामा हुने निबन्ध प्रतियोगिता समयावधि थप

काठमाण्डौँ, असार २१ ग्यालेक्सी दैनिक रत्न राज्यलक्ष्मी क्याम्पसको नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिताकाे समयावधि साउन ३१ गतेसम्म थप गरिएकाे छ । गत बैशाख १० गतेदेखि सुरू भएको प्रतियाेगिता नेवाः जागरण मंच जापानको प्रायोजनमा भइरहेकाे प्रतियोगिता २० औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एक मानिएका तथा नेपाल भाषा साहित्यिक क्षेत्रमा खम्बा रूपमा रहेका कवि केशरी चित्तधर हृदयको जन्मोउत्सोवको अवसरमा अायाेजना गरिएकाे प्रतियोगितामा यथासिघ्र सहभागी हुन अनुराेध गरेका छन् । उपत्यकाका क्याम्पसमा नेपालभाषी विद्यार्थीहरुको संख्या कसरी बढाउन सकिने विषयमा २ सय ५० भन्दा कम शब्द प्रयोग निबन्ध वाचन गरेको भिडियो नेवाः विद्यार्थी युनियनको फेसबुक पेजमा र सो निबन्ध नेवाः विध्यार्थी युनियनको इम...
गौरक्ष माविका बिद्यार्थीहरुलाई ट्रयाकसुट
शिक्षा, समाचार

गौरक्ष माविका बिद्यार्थीहरुलाई ट्रयाकसुट

हेटौंडा, ज्येष्ठ २६ ग्यालेक्सी दैनिक संवाददाता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माविलाई प्रा.डा. गोपालरमण शर्माले स्कुलमा अध्यायनरत सबै बिद्यार्थीलाई ट्रयाक सुट उपलब्ध गराएका छन् । विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँका अनुसार वरिष्ठ न्यूरो सर्जन शर्माले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् । बानियाँले आफूहरुको आग्रहमा उनले ती सामाग्री उपलब्ध गराएको बताए । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र विद्यालयको समग्र विकासको लागि आगामी दिनमा पनि आफूले सहयोग गर्ने प्रा. डा. शर्माले बताए । शर्माको योगदानको प्रशंसा गर्दै विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनलाई सम्मान गरेका थिए । शर्माले सहयोग गरेको फोटो विद्यालयको कार्यालयमा...
लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न
शिक्षा, समाचार, समाज

लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न

ललितपुर, जेष्ठ १५  महालक्ष्मी नगरपालिका-८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ । सो कार्यक्रममा प्रिन्सिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै अतिथिका रुपमा लुभु मन्टेश्वरी होमका सल्लाहकार उन्नत श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवा: विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवा: सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चर्चित ज्याक महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ, किशना महर्जन तथा सबिना मानन्धरले आ–आफ्नो सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडेल वितरण गरेर सम्मान गरिएको थियो । विद्यार्थीहरूका अभिभावकको समेत उपस्थित रहेकाे ...