Friday, November 20

अन्तरवार्ता

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज
अन्तरवार्ता, राजनीति, समाचार

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुदैछ। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ जिल्ला‍मा आज वडा अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् । मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजात...
तीज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद
अन्तरवार्ता, मनोरन्जन, समाचार

तीज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद

पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकीले यस पर्बको नाम हरितालिका रहन गयको भनाई छ | संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । त्यसैले हामी हिन्दुनारीले पनि रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने र आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने हरितालिका तिज मनाउदै आएका छौ । हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तिज पर्वको रौनकले महिलालाई मात्र होर्ईन कतिपय पुरुषलाई पनि छोएको छ । विभिन्न स्थानमा हुने तीज...
दुवई प्रवेश गर्ने नेपालीका लगि नयाँ मापदण्ड !
अन्तरवार्ता

दुवई प्रवेश गर्ने नेपालीका लगि नयाँ मापदण्ड !

नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ। मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ। यी हुन् दुवई प्रवेश गर्ने नेपालीले ध्यान दिनुपर्ने कुराहरू : १. दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai ( GDRFA – D ) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ । दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति ( GDRFA Approval ) लिनुपर्नेछ । २. १८० दिनभन्दा बढी युएई बाहिर रहेका र / वा दुवईको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले GDRFA को उल्लिखित वेभसाइटमा गई तोकिएका क...
गायक शम्भु राईको ‘सानु’ सार्वजनिक
अन्तरवार्ता

गायक शम्भु राईको ‘सानु’ सार्वजनिक

 चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडिओ ‘सानु’ सार्वजनिक गरिएको छ ।  सानुमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडिओलाई समन अधिकारीले निर्देशन गरेका थिए । पल शाह र निराञ्जली लामाको अभिनय रहेको रहेको छ । ‘एनी हौ आँखैमा झलझली’जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।  https://www.youtube.com/watch?v=j0czix5XshA...
जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ:राधेश्याम मिश्र,अध्यक्ष, वातावरण मैत्री समाज
अन्तरवार्ता, समाचार

जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ:राधेश्याम मिश्र,अध्यक्ष, वातावरण मैत्री समाज

वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ साथमा समाजसेवाका अन्य विविध कुराहरुमा पनि वातावरण मैत्री समाज लागी परेको छ वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा र समाजसेवाका अन्य विभिन्न विधामा आफुलाई अग्रपंक्तीमा प्रस्तुत गर्दै आईरहेको छ । यसै विषयमा आधारित रहेर वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रसंग  गरेको कुराकानी :- वातावरण मै...
थप खोप खरीदका लागि गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह
अन्तरवार्ता, समाचार

थप खोप खरीदका लागि गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह

सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरीद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनियाँ राजदूत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनब...
मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ
अन्तरवार्ता, राजनीति, समाचार

मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार साँझ मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।  गण्डकीमा मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। विना विभागीय मन्त्रीको रुपमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङे ​उर्फ राजीव गुरुङले शपथ लिएका हुन्।  गुरुङ नै कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वको सरकार बनाउन आवश्यक ३१ मतका लागि निर्णायक बनेका थिए। उनीहरुलाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री नेपालीले बिना विभागीय मन्त्रीको रुपमा चार जनालाई मन्त्री बनाएका हुन्। संविधानको धारा १६८ को (५)  अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख पौडेलको ...
एकान्तमा आफैले लेखेको गित गुन्गुनाउँछु
अन्तरवार्ता, समाचार

एकान्तमा आफैले लेखेको गित गुन्गुनाउँछु

डा.डिआर उपाध्याय, मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु । त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहिन...