Friday, November 20

अर्थ/व्यापार

फेरी बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरी बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मुल्य ८ सयले बढेको छ । बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो प्रतितोला तेजाबी सुनको मुल्य ८९ हजार ५ रहेको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ । हिजो १२ सय ९० रुपैयाँ तोलामा खरिद बिक्रि भएको थियो ।...
आजदेखि खुल्यो आन्तरिक हवाई उडान, दैनिक ६४ उडान हुने
अर्थ/व्यापार, समाचार

आजदेखि खुल्यो आन्तरिक हवाई उडान, दैनिक ६४ उडान हुने

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ । आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नको लागि तालिका बनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा कोरोना संक्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान संख्याको आधार संख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।  बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन÷तीन उडान स्वीकृति दिइएको जनाइ...
मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता
अर्थ/व्यापार, समाचार

मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

-डा.डिआर उपाध्याय, नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन्। कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाए पछि किसान मर्कामा पर्छन । धेरै जसो पहाडी भेगमा यो समस्या छ । कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन किसान । किसानका यी समस्या सरकारले बुझनु पर्छ । उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन । अहिले धान रोप्ने बेला हो किसानलाई मलको अभाव छ । किसानले खोजे जति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आबश्यक हुन्छ । मल बिना उत्पादन कम हुन्...
सुनको मूल्य  स्थिर
अर्थ/व्यापार, समाचार

सुनको मूल्य स्थिर

 सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।  आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यपनि स्थिर रही तोलाको १ हजार ३ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला
अर्थ/व्यापार, समाचार

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । शुक्रबारदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।  सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले जानकारी दिए ।  उनका अनुसार प्रतिकित्ता रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेय...
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
‘आमा अर्गानिक मःमः’ स्वादिष्ट खाजाका लागि सबैको पहिलो रोजाई बन्दै
अर्थ/व्यापार, समाचार

‘आमा अर्गानिक मःमः’ स्वादिष्ट खाजाका लागि सबैको पहिलो रोजाई बन्दै

म:म: भन्नासाथ मुखमा पानी नरसाउने  मानिस कमै होलान । रेस्टुरेन्ट,क्याफे तथा होटलमा हामी जति नै पटक मेनु पल्टाए पनि अन्य थुप्रै खानाका परिकार छोडेर अन्तमा अर्डर गर्छौ त म:म: नै । नेपालमा प्राय ट्रेन्डनै बसेको विषय हो यो । पछिल्लो पटक नेपाली ममको माग देशमात्र नभएर विदेशमा समेत बढ्दै गएको छ । माग बढेसंगै म:म: उत्पादनका लागी नयां नयां प्रविधि मार्फत म:म:को उत्पादन हुन थालेको छ । प्रविधि मार्फत उत्पादन हुने म:म:को प्रतिस्पर्धी बजारमा म:म: पारखीहरुका लागी एक बिल्कुलै फरक स्वादमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप उत्कृष्ट उत्पादनको साथमा स्वादिष्ट तथा गुणस्तरीय आमा अर्गानिक फ्रोजन म:म: बजारमा आएको छ । आमा अर्गानिक फुड्सले बजारमा ल्याएको आमा अर्गानिक म:म:को मुख्य विशेषता भनेको शुन्य फ्याट र अजिनो मोटो रहित लिन मिट किमाले बनेको फ्रोजन म:म: भएकोले जुनसुकै उमेरकाले खाजा तथा खानाको रुपमा खान सकिने क...
फेरि घट्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य

बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।   बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
अर्थ/व्यापार, समाचार

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

देशभरका सबै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । प्रदेशले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले पनि बजेट सार्वजनिक गर्ने प्रचलन छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय तहका प्रतिनिधिले भने प्रदे...