Friday, November 20

अर्थ/व्यापार

बेरोजगारी समस्या सवै मिलेर हल गरौं
अर्थ/व्यापार, समाचार

बेरोजगारी समस्या सवै मिलेर हल गरौं

डा.डिआर उपाध्याय, अव देशको बारेमा हामीले नसोचे कस्ले सोच्ने ? त्यसैले सवैले सोचौं र देश बनाऔं । जव नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन तव देश बिग्रियो भनेर जाने हुन्छ । अहिले भएको त्यही हो । अरु केही होइन । हामी सवै नेपाली जनता मिलेर अगाडी बढौं । देश बनाउन सवै एकजुट हुनु पर्छ । अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ । त्यसैले हामी जुटौं, फुटेर अघि बढन सकिदैन अघि बढने भनेको जुटेर हो । हामीमा एकता चाहिएको छ । नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो । हामीमा एकता नभए सम्म देशको बिकासले गति लिन सक्दैन । एकता नै बल हो । अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ नी । यो हाम्रो लागी गम्भिर चुनौतिको बिषय हो । यो बेरोजगारी समस्या सवै मिलेर हल गरौं । यसको समाधान खोजौं । अहिलेको प्रमुख आबश्यकता यो हो । अहिले देशमा बेरोजगारी समस्याले नै ठूलो रुप लिएको छ । ह...
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न

तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम समारोह माझ उद्योग र व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत बिभिन्न उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई सम्मानित गरियो । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्यमी एवम् व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुसित गरियो भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेस्ट लिडरश...
अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय

हामी २०७७ साललाई बिदा गरेर २०७८सालमा प्रवेश गरेका छौ । राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन । सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो त्यस अनुसार द्रुत गतिमा अघि बढन सकेन । अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् । अहिले जनता किन वाक्क दिक्क छन ? जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा आउन दिनु हुदैन । जनता निराश भए भने देशलाई राम्रो हुदैन । निराशा र अभावले बिद्रोह जन्माउँछ । यो बिषयमा हामी सवै गम्भिर बनौं । बिगतमा पनि अभाव र असन्तुष्टिले जनता बिद्रोहमा उत्रिएका थिए । अव त्यस्तो स्थिती आउन दिनु हुदैन । अव सरकारले गम्भीर भएर सोच्नुपर्छ । गत वर्ष राजनीतिक मुद्धा विवादमा परे । सरकारले ल्याएका विधेयक विवादित भए । पार्टी भित्र आन्तरिक राजनीतिक बिवाद चर्किएर सर्बोच्चको फैसला पछि अन्...
नयाँ  बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
अर्थ/व्यापार, समाचार

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन्। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागिएको जानकारी दिए। नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ। उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी ज...
मूल्यवृद्धि कसले रोक्ने ?
अर्थ/व्यापार, समाचार

मूल्यवृद्धि कसले रोक्ने ?

-डा.डिआर उपाध्याय, कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक , शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर , कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान ...
गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिदै
अर्थ/व्यापार, समाचार

गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिदै

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझमा गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उनले भने, “ध्रुवे हात्तीले अवरोध पुर्‍याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।” बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उनले जानकारी दिए । हरेक पाँच÷पाँच वर्षमा ग...
कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द
अर्थ/व्यापार, समाचार

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ ।सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए । उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए । निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयक...
शनिवार र आइतवार पनि बैंक खुल्ने
अर्थ/व्यापार, समाचार

शनिवार र आइतवार पनि बैंक खुल्ने

 चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको  ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ । उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’  र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।...
राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति, उपाध्यक्षमा उर्मिला श्रेष्ठ
अर्थ/व्यापार, समाचार

राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति, उपाध्यक्षमा उर्मिला श्रेष्ठ

 नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । नेपाल चेम्बर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण गरिसकेको चेम्बरले जनाएको छ ।...
कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं
अर्थ/व्यापार, समाचार

कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं

डा.डिआर उपाध्याय, आज देश जुन किसिमले बिकासको गतिमा अघि बढनु पर्ने थियो त्यो हुन सकेन । कारण के हो भने हामी कृषिमा ध्यान दिन सकेनौं । हाम्रो देश कृषिमा आत्मनिर्भर हुनु पर्छ भन्ने कुरामा धेरै पहिले देखि मैले जोड दिदै आएको छु । अव सवैले कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं । कृषि क्रान्तिले नै देशको बिकास हुन्छ । यो बाहेक अर्को कुनै बिकल्प छैन । अव सवै कृषि कर्ममा लागौन अनि देश बन्छ । कुराले मात्र देश बन्दैन देश बनाउन काम गर्नु पर्छ खै काम गरेको ? धेरै नेपालीको काम गर्ने बानी बिग्रिएर गएको छ । काम गर्ने बानी सवैले बसाल्नु पर्छ । अव नेपाल सरकारले कुनै ढिलाई नगरिकन कृषिमा लगानी बढाएर जाने बातावरण मिलाउनु पर्छ । यो आजको आबश्यकता हो । कृषि क्रान्ति गर्ने भनेर कुरा धेरै भए तर काम भने हुन सकेको छैन । अव कुरा मात्र गर्ने की काम पनि गर्ने ? अव सवैले कृषि क्रान्तिका लागी कुरा मात्र गरेर होइन, का...