Saturday, November 21

मनोरन्जन

लिटल आइडल नेपालको पांचौ सस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

लिटल आइडल नेपालको पांचौ सस्करण भव्य रुपमा सम्पन्न

लामो समयदेखि विभिन्न प्रतियोगीता तथा सफल ईभेन्टहरु आयोजना गर्दै आएको ट्रेबल फेसन कन्सर्नले पाचौँ लिटिल आइडल नेपाल भव्य रुपमा सम्पन्न भएको छ । वौद्धस्थित बौद्ध हेरिटेजमा एक समारोहका बिच सम्पन्न भएको सो प्रतियोगितामा जुनियर गल्स, सिनियर गल्स, र ब्वाइजका गरि तीन समूहका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा भएको थियो। बिभिन्न चरणमा सम्पन्न प्रतियोगितामा जुनियर तर्फबाट इभेन्जल मगरले उपाधी जित्न सफल भईन । अल्विशा श्रेष्ठ फष्ट रनरअप भईन भने छिरिङ शेर्पाले सेकेन्ड रनरअपको उपाधी जित्न सफल रहिन । सिनियर तर्फ अभिश्री जोशी श्रेष्ठ विजेता घोषित हुदा एन्जल पोखरेल फष्ट रनरअप र आर्याना लामाले सेकेन्ड रनरअपको उपाधी जितिन। ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि जिते भने विश्वास सुवेदी फष्ट रनरअप र हितेशराज यादव सेकेन्ड रनरअप भएका थिए । प्रतियोगितामा जुनियर गल्र्स समूहमा इभेन्जल मगर, सिनियर गल्र्सतर्फ अभ...
डि एस् ए स्टारको पन्ध्रौं संस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

डि एस् ए स्टारको पन्ध्रौं संस्करण भव्य रुपमा सम्पन्न

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा राष्ट्रिय नाच घर जमल मा पुष ६ गते डि एस् ए स्टार २०२४ सिजन- १५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल वायु सेवा निगम का कार्यकरी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता नन्दा बस्याल, शहरी बिकास मन्त्रालयका सचिब बासु देव खनाल र चर्चित गायिका सुमित्रा कोइराला रहेका थिए Horlicks नेपाल को मुख्य प्रायोजन रहेको कार्यक्रमलाई नेपाल वायु सेवा निगम र तारा एअर को सहयोग रहेको थियो । फाईनल अघि ३० दिन सम्म १०० जना बाल बालिका हरुलाई कोरोना स्कुल ढुंगेधारा मा तालिम दिइएको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा ...
लामाको निर्देशनमा ‘नाचन च्याङबा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

लामाको निर्देशनमा ‘नाचन च्याङबा’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ।  उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन ।  तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल। मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ बाकी दर्सकहरको हातमा छ । ‘ मोडेल तथा कलाकार सुस्मिता कुवर...
गायक विश्वराम कार्कीको गीत ‘साइलो’(भिडियो)
मनोरन्जन, समाचार

गायक विश्वराम कार्कीको गीत ‘साइलो’(भिडियो)

काठमाडौं ।  गायक विश्वराम कार्किको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीत संगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण के सि, दिया लामा लगायतको अभिनय रहेको छ । समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ। गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाईसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजारमा आउने कुरा पनि गायक कार्कीले तेजन...
युवराज छन्त्यालको ‘बाग्लुङ बुर्तीवाङमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्यालको ‘बाग्लुङ बुर्तीवाङमा’ सार्वजनिक(भिडियो)

लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने विश्वास राखेको बताएका छन् ।...
नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)

नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ । ‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएका गायक थापाको अजम्बरी-२०७२, परिवेश-२...
सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन । अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन । खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ ।...
चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा
मनोरन्जन, समाचार

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा

काठमाडौं २१ मंसिर । बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।...
प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)

काठमाडौं ।  पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेकोछ भने, मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ । https://www.youtube.com/watch?v=PZIgQxCpHMg तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा...
राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ । केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...