फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘हेरिटेज इन्टरनेशनल अवार्ड’
फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा रोजिनले कोरियोग्राफर अफ द इयर अवार्ड पाएका छन् । अवार्ड समारोह २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककको प्रख्यात स्थलमा विभिन्न पृष्ठभूमिबाट आएका विश्व पेशेवरहरूको विशिष्ट भेलाको बीचमा आयोजना गरिएको थियो। कार्यक्रम इप्लानेट सिंगापुर पीटीईले आयोजना गरेको थियो। रोजिनलाई सो अवार्ड कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंककस्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिनिधिले प्रदान गरेका थिए ।
फेसन, सौन्दर्य प्रतियोगिता तथा संचार क्षेत्रमा २५ वर...










