Friday, November 20

मनोरन्जन

तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
मनोरन्जन, समाचार

तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो। कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै निर्माता स...
सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वको खोजीमा ‘मिस एण्ड मिसेस ब्युटिफुल’
मनोरन्जन, समाचार

सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वको खोजीमा ‘मिस एण्ड मिसेस ब्युटिफुल’

मिस एण्ड मिसेस ब्युटिफुल’को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो । आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, स...
भटभटे माइला अब ठूलो पर्दामा, ‘तीन तीघ्रे क्या बिग्रे’बाट नायकका रूपमा डेब्यु
मनोरन्जन, समाचार

भटभटे माइला अब ठूलो पर्दामा, ‘तीन तीघ्रे क्या बिग्रे’बाट नायकका रूपमा डेब्यु

काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका...
प्रभात लामाको डेब्यु नायकका रूपमा, ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित
मनोरन्जन, समाचार

प्रभात लामाको डेब्यु नायकका रूपमा, ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ। फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहनेछ...
पूर्ण रूपमा नि:शुल्क ‘मिसेस तामाङ २०२६’ को तयारी पूरा, छिट्टै ग्रान्ड अडिसन
मनोरन्जन, समाचार

पूर्ण रूपमा नि:शुल्क ‘मिसेस तामाङ २०२६’ को तयारी पूरा, छिट्टै ग्रान्ड अडिसन

काठमाडौँ । तामाङ समुदायका विवाहित गृहिणी तथा व्यावसायिक महिलाहरूमा रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता ‘मिसेस तामाङ २०२६’ (Mrs. TAMANG 2026 Season- 5) को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको ‘ग्रान्ड अडिसन’ छिट्टै नै सुरु हुँदैछ। एस.के. इन्टरटेनमेन्ट (SK Entertainment) को प्रस्तुतिमा आयोजना हुन लागेको यो प्रतियोगिता पूर्ण रूपमा नि:शुल्क (FREE) रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आकांक्षीहरूका लागि आवेदन फारमदेखि प्रशिक्षणसम्मको सम्पूर्ण व्यवस्था नि:शुल्क गरिएको आयोजक तथा वरिष्ठ महिला समाजेवी शान्ता कुमारी तामाङ्गले जनाएका छिन । व्यावसायिक सौन्दर्य प्रतियोगिताहरूमा हुने चर्को शुल्कका कारण प्रतिभावान महिलाहरू अवसरबाट वञ्चित नहुन् र सबैले समान अवसर पाऊन् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो...
धनगढीमा ‘हिरोइन मिनाकुमारी’ गीति एल्बम भव्य रूपमा विमोचन कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

धनगढीमा ‘हिरोइन मिनाकुमारी’ गीति एल्बम भव्य रूपमा विमोचन कार्यक्रम सम्पन्न

धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प...
नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ ग्रान्ड फिनाले सम्पन्न, विजेताको अन्तर्राष्ट्रिय यात्रा सुनिश्चित
मनोरन्जन, समाचार

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ ग्रान्ड फिनाले सम्पन्न, विजेताको अन्तर्राष्ट्रिय यात्रा सुनिश्चित

काठमाडौं । बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३’ को ग्रान्ड फिनाले शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। व्ल्याकवर्ड ईन्टरटेनमेन्टको आयोजनामा तथा कसविज हर्वल्सको टाइटल स्पोन्सरशिपमा सम्पन्न प्रतियोगितामा ललितपुर जिल्लाका २५ विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गायन, नृत्य, व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरणमार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रस्तुत भएका आकर्षक सांस्कृतिक कार्यक्रम, नृत्य तथा ...
सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य अभिनीत ‘हिरोइन मिनाकुमारी’ आउदै
मनोरन्जन, समाचार

सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य अभिनीत ‘हिरोइन मिनाकुमारी’ आउदै

धनगढी। सुदूरपश्चिमको भाषा, संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको डोटेली भाषाको नयाँ गीत ‘मिनाकुमारी’ छिट्टै सार्वजनिक हुने भएको छ। ए.एस. उडान फिल्म प्रोडक्सनको पहिलो प्रस्तुतिका रूपमा निर्माण गरिएको उक्त गीतको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। ‘जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…’ बोल रहेको गीतको छायांकन सुदूरपश्चिमका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ। निर्माण टिमका अनुसार छायांकनका क्रममा स्थानीय दर्शकले गीत गुनगुनाउँदै नाचगानमा सहभागिता जनाएको दृश्यले गीतप्रतिको उत्साह र आकर्षण झल्काएको थियो। गीतमा चर्चित गायक दिलबहादुर बि.क. को स्वर रहेको छ। नेपाली तथा भारतीय सांगीतिक क्षेत्रमा सक्रिय रहेका उनले यसअघि पनि विभिन्न चर्चित गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। ए.एस. उडान फिल्म प्रोडक्सनका मेनेजिङ डा...
एसईई र किड्स डान्स च्याम्पियनसिपमा प्रतिभाको चम्किलो प्रस्तुति
मनोरन्जन, समाचार

एसईई र किड्स डान्स च्याम्पियनसिपमा प्रतिभाको चम्किलो प्रस्तुति

पोखरा । बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘एसईई डान्स च्याम्पियनसिप–२०८३’, ‘किड्स डान्स च्याम्पियनसिप सिजन–१ (गण्डकी प्रदेश)’ तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, शिक्षाविद्, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिभा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिका तथा युवाहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। आयोजकका अनुसार कार्यक्रमले कला क्षेत्रको विकाससँगै नयाँ पुस्...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ घोषणा, असार २० देखि अडिसन सुरु
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ घोषणा, असार २० देखि अडिसन सुरु

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा विगत एक दशकदेखि सञ्चालन हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ को नयाँ संस्करण घोषणा गरिएको छ। राजधानीको सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने बताए। उनले सौन्दर्य प्रतियोगिता केवल ताज जित्ने प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनका नयाँ अवसरहरू सिर्जना गर्ने सशक्त मञ्च भएको उल्लेख गरे। दक्ष इन्टरनेशनलले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको र प्रतियोगिताले धेरै प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। यस वर्ष ‘मिस व्यूटिफुल नेपाल’...