Saturday, November 21

मनोरन्जन

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन | छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी ...
भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई
मनोरन्जन, समाचार

भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन । मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए । समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल ...
नमिताको ‘परिचय’को मेल भर्सनमा कमल ,नुर र सुवास
मनोरन्जन, समाचार

नमिताको ‘परिचय’को मेल भर्सनमा कमल ,नुर र सुवास

काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा कमल सिंह मुख्य भूमिकामा रहेका छन...
पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न
मनोरन्जन, समाचार

पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौ पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् । चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड सम...
आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल
मनोरन्जन, समाचार

आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलचित्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका ...
खत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’
मनोरन्जन, समाचार

खत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’

काठमाडौ । “यदि तपाइँ विश्व नेताहरूसँग सामाजिक मुद्दामा छलफल गर्ने मौका पाउनुभयो भने, कुन सामाजिक मुद्दा हुनेछ? किन?” भन्ने प्रश्नको सर्वउकृष्ट उत्तर दिएर मिस तर्फ प्रतियोगि नं. ३३ का प्रजीता के.सी.विजेता भए । भने, मिस्टर तर्फ सम्पूर्ण खत्री विजेता भएका थिए । एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन, २०२३’ को फाइनल भएको थियो । प्रतियोगितामा यस वर्ष एसईई दिएका ५४ विद्यार्थीहरुले भाग लिएका थिए । एसईई दिएका छात्र–छात्राहरु वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए। सम्पूर्ण खत्रीले मिस्टर तर्फको शिर्ष उपाधी सहित विधागत तर्फ मिस्टर परफेक्ट र मस्ट डिजर्भिङको अवार्ड पनि हात पार्न सफल भए भने प्रजिता के.सी ले मिसतर्फको शिर्ष ताजसहित विधागत तर्फ मस्ट स्टाइलिस्ट र पब्लिक च्वाइस अवार्ड हात पारिन । त्...
चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै
मनोरन्जन, समाचार

चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै

काठमाडौं । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा वर्ष गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ । यही मेसोमा स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा चौथो संस्करणको अवार्ड गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा ग...
सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)

सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गर्नुभएका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता/दर्शकको रोजाइमा छन् ।...
सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने
मनोरन्जन, समाचार

सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने

अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ । यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्ने...
लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ
मनोरन्जन, समाज

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

काठमाडौं । लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको हो । उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो । ‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँक...